सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

अवैध लागूऔषध विभिन्न स्थानबाट १० जना पक्राउ

banner add
writter
सोम, २१ पुस २०८२
(Shares)

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ३० ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय PADALA भन्ने VEERA VENKATA SUBRAMANYAM गए राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो । साथै उक्त लागूऔषध रिसिभ गर्न आएका भारतीय नागरिक ABDUL RAHUF YASIN ABDULLA लाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय इन्द्र सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पथरीशनिश्चरे नगरपालिका-१ सुनाखरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरज गुरुङ र सोही ठाउँ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका-२ घर भएका २५ वर्षीय सन्दिप लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

राप्ती नगरपालिका-११ डुम्रेखाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय २४ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर तामाङ र ३१ वर्षीय हिरालाल तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१ प ७८५९, लु.२६प ६६९२ र ना. ५५प ७२३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार ना.६१प ७८५९ नम्बरको मोटरसाइकलामा सवार २ जनाको खोजी गरिरहेको छ ।

घोराही उपमहानगरपालिका-१७ संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय लक्ष्मण नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका-६ डिहिकोपाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, नोर्फिन २५ एम्पुल र  नगद २६ हजार ४ सय १० रूपैयाँ सहित सोही ठाउँ बस्ने रामेछाप घर भएका ३६ वर्षीय चन्द्र बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गेरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर