सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ६३ जनाको मृत्यु, २९० जना घाइते

banner add
writter
आइत, ०४ साउन २०८२
(Shares)

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ६३ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले जनाएको छ । बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी क्षेत्रमा समेत बाढीले विध्वंश मच्चाएको छ ।

राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।

“पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ६३ जनाको मृत्यु भएको छ र दुई सय ९० जना घाइते भएका छन् । अधिकांश मृत्यु पञ्जाब क्षेत्रमा भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।

राष्ट्रिय मौसम विभागले आजसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न सार्वजनिक बिदा घोषणा गरेको छ ।

“जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपत्कालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपत्कालीन किटहरू तयार गर्नुपर्दछ”, सरकारले भनेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर