काठमाडौँ । गुल्मी जिल्लाको अग्लुङ्गका एक युवा रोजगारीको
खोजीमा दुबई पुगेपछि अहिले अलपत्र परेका छन्। वैदेशिक रोजगारीमार्फत उज्ज्वल
भविष्यको आशा बोकेर गएका ती युवाले भने विदेशमा पुगेर दुःख र असहज अवस्थाको सामना
गर्नुपरेको परिवारले जनाएको छ।
पिडितका आफ्नका अनुसार, रोजगारदाता
कम्पनीले सम्झौताअनुसार काम र पारिश्रमिक नदिएको, बसोबासको उचित
व्यवस्था नभएको तथा सम्पर्कसमेत कठिन भएको अवस्थाले उनी मानसिक र शारीरिक रूपमा
पीडित बनेका छन्। यस्तो परिस्थितिमा ती युवाको उद्धारका लागि सम्बन्धित निकायसँग
पहल गरिदिन परिवारले आग्रह गरेका छन्।
यसै सन्दर्भमा, माननीय गोविन्द
पन्थीलाई विशेष रूपमा ध्यानाकर्षण गराउँदै पीडित युवालाई सकुशल स्वदेश फर्काउने
पहल गरिदिन माग गरिएको छ। वैदेशिक रोजगारमा जाने युवाहरूको सुरक्षा र अधिकार
सुनिश्चित गर्न राज्यको जिम्मेवारी अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन आवश्यक
देखिन्छ। भिडियो सन्देशमा माननीय पन्थीसँग हृदय विधारक र कारुणिक शब्दले मन छोएको, करिव
४५/४६ डिग्री तापक्रममा बाहिर खुल्ला रुपमा काम गर्नु पर्ने र खान र बस्न पनि उचित
व्यावस्थापन हुननसकेको उक्त भिडियो सन्देशमा आफु पिडित रहेको माननीय पन्थी जानकारी
दिनु भयो ।
यो घटनाले फेरि एकपटक वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई
व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
सम्बन्धित निकाय र जनप्रतिनिधिहरूले यस्ता समस्यामा परेका नागरिकको शीघ्र उद्धार र
न्याय सुनिश्चित गर्न गम्भीर ध्यान दिनु अत्यावश्यक छ।