सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

आफ्नै स्टाफले ६५ बण्डल रड चोरेको आरोप

banner add
writter
बिहि, १९ भदौ २०८२
(Shares)

नवलपुर । नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम गरिरहेको कम्पनीले आफ्नै स्टाफले रड चोरेर बेचेको आरोप लगाएको छ । 

सदरमुकाम निर्माणको ठेक्का पाएको रौतहटको चौधरी कन्स्ट्रक्सन प्रालिले आफनै स्टाफ जुम्लाका सुवास शाहीले ६५ बण्डल फलामको रड चोरेर बजारमा बिक्री गरी १० लाख रुपियाँ असुली गरी फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । 

कम्पनीका ठेकेदार उपेन्द्रप्रसाद चौधरीले शाहीलाई खोजिदिन प्रहरीसँग आग्रह गर्नुभएको छ । चौधरीले प्रहरीलाई दिएको निवेदनमा भनिएको छ, ‘‘शाहीलाई रेखदेखको जिम्मा दिएको र नमुना सदरमुकाम बनाउने सामग्री चोरी गरेर बेचेर १० लाख रकम बुझेर फरार भएकाले निजलाई खोजि गरी झिकाइ दिनहुन अनुरोध छ ।’’

गोरखापत्रले ‘निर्माणस्थलबाट गायव भयो ६५ बण्डल रड’ शीर्षकमा समाचार छापेको थियो । घटना दुई महिनाअघिको भए पनि गोरखापत्रले समाचार छापेपछि घटना सार्वजनिक भएको थियो । आफू भारत गएको बेलामा शाहीले रड चोरेर हार्डवेयर पसलमा बेचेको चौधरीको दावी छ । ‘‘म तीन–चार महिनाका लागि शाहीलाई जिम्मेवारी दिएर भारत गएको थिएँ, त्यही मौकामा ६५ बण्डल रड गायब भएको छ’’ चौधरीले भन्नुभयो, ‘‘अहिले शाही फरार छन्, फोन गर्दा पनि उठ्दैन ।’’ 

प्रहरीले भने निवेदन दिने ठेकेदार चौधरी नै सम्पर्कमा नआएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले दुई महिनाअघि निवेदन दिए पनि निवेदक चौधरी र आरोपी शाही दुबै जना सम्पर्कमा नआएको बताउनुभयो । शाहीलाई त्यतिबेलै फोन गरेर कार्यालयमा उपस्थित हुन आग्रह गर्दा आउँछु भनेर पनि सम्पर्कमा नआएको ढकालले बताउनुभयो । 

ads
ads
add
banner add

सम्बन्धित खबर