शुक्र, २० चैत २०८२ / April 3, 2026, Friday
शुक्र, २० चैत २०८२
Advertisement
banner add

अमला : परम्परागत औषधीय गुणले भरिएको फल

banner add
writter
आइत, ०१ चैत २०८२
(Shares)

काठमाडौँ । प्रकृतिले मानव स्वास्थ्यका लागि अनेकौं बहुमूल्य उपहार दिएको छ। तीमध्ये अमला (आँवला) एक महत्वपूर्ण औषधीय फल हो। सानो आकारको यो हरियो फल स्वादमा अमिलो भए पनि यसको स्वास्थ्य लाभ अत्यन्त ठूलो मानिन्छ। परम्परागत रूपमा आयुर्वेदमा अमलालाई दीर्घायु र स्वास्थ्यको स्रोतका रूपमा लिने गरिन्छ।

अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलामा तितो, गुलियो, टर्रो, अमिलो र पिरो रस हुन्छ ।

अमलाका मुख्यतः साना र ठुला गरी दुई जात हुन्छन् । सानो अमलालाई काठेअमला पनि भनिन्छ ।  आयुर्वेदमा एक अर्को क्षुद्रधात्री नामक जङ्गली अमलाका बारेमा पनि उल्लेख भएको पाइन्छ । यसको स्पष्ट पहिचान हुन सकेको छैन । अन्य फरक किसिमका भुइँ–अमला र पानी–अमला नामका दुई वनस्पतिहरू पनि हुन्छन् ।

भनिन्छ, ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यो एउटा पतझर रुख हो । यो घाम मन पराउने बिरुवा हो । त्यसैले यो तराई, र तल्लो पहाडी भागमा पाइन्छ । यसका पातहरू एउटै डाँठमा मसिना दुवैतिर लहरै मिलेका हन्छन् । यसमा चैत्र वैशाखतिर फूलहरू लाग्दछन् । फूलहरू पातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरू वास्नादार, हरिया तथा पहेंला रंगका हुन्छन् । यसका फलहरू गुदीदार हुन्छन्, फलको आकार गोलो किसिमको करीब २ से.मी. व्यास भएका हुन्छन् । फलहरू पहिले हरिया र पाकेपछि हल्का पहेला हुन्छन् । फलमा हल्का ६ वटा धर्साहरू देखिन्छन् । फलको गुदी भित्र बीउहरू पाटैपाटा भएका कडा आवरणले छोपिएका हुन्छन्, र एउटा फलमा जम्मा ६ वटा वीउहरू हुन्छन् । आजकल उन्नत जातका अमलाहरू पनि पाइन्छन् । यी फलहरू जंगली अमला भन्दा झन्डै दोब्बर हुन्छन् । यसको फल भिटामिन सि को मुख्य श्रोत मानिन्छ । यो प्रसिद्ध आयर्वेदिक औषधि त्रिफलाको एउटा अवयव हो । त्रिफलाले दिसा सफा गराउने , सुन्निएको कलेजो ,ववासिर र पेटसम्बन्धी सिकायतहरूमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने ,रक्तअल्पत्ता ,कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरू आउँ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरू कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ ,भने फल तथा बोक्रा छाला प्रशोधन गर्न र रङ्गाउन पनि प्रयोग गरिन्छ । यसको फल नै उपयोगी अङ्ग हो । त्यसकारण यसका फलहरू सङ्कलन गर्ने गरिन्छ। लगाइएको ७ / ८ वर्ष यसमा राम्ररी फल लाग्दछ । असोजदेखि फागुनसम्म फलहरू सङ्कलन गर्ने गरिन्छ। करीब १० वर्ष वा त्यसभन्दा बढी उमेरका रुखहरूबाट प्रति बोट वार्षिक ८० के.जी जति फल फल्दछ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरूमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरूमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ। तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ ।)

अमलाका स-साना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको मात्राका सम्बन्धमा आयुर्वेदका ग्रन्थमा समान धारणा छैन ।

अमलामा भिटामिन ‘सी प्रशस्त मात्रामा पाइन्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ। नियमित रूपमा अमला सेवन गर्दा सर्दी–खोकी, संक्रमण तथा थकानबाट बच्न सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। साथै यसले शरीरलाई ताजगी र ऊर्जा प्रदान गर्ने काम पनि गर्छ।

स्वास्थ्यका हिसाबले अमला पाचन प्रणालीका लागि पनि निकै लाभदायक मानिन्छ। पेटसम्बन्धी समस्या, कब्जियत, एसिडिटी जस्ता समस्यामा अमलाले राहत दिन सक्छ। अमलामा पाइने प्राकृतिक तत्वहरूले पाचन प्रक्रिया सन्तुलित बनाउन मद्दत पुर्‍याउँछन्।

त्यसैगरी कपाल र छालाको स्वास्थ्यका लागि पनि अमला उपयोगी मानिन्छ। अमला सेवन वा यसको तेल प्रयोग गर्दा कपाल झर्ने समस्या कम हुन सक्छ र कपाललाई बलियो तथा चम्किलो बनाउन सहयोग मिल्छ। छालाको स्वास्थ्य सुधार गर्न पनि अमलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ।

अमला ताजा फलका रूपमा खान सकिन्छ भने अचार, जुस, चूर्ण वा मुरब्बा बनाएर पनि प्रयोग गरिन्छ। अहिले बजारमा अमलाबाट बनेका विभिन्न आयुर्वेदिक औषधि तथा स्वास्थ्यवर्द्धक सामग्रीहरू पनि उपलब्ध छन्।

प्राकृतिक र सस्तो स्वास्थ्यवर्द्धक फलका रूपमा अमलाको महत्व दिनप्रतिदिन बढ्दै गएको छ। नियमित र सन्तुलित रूपमा अमला सेवन गर्न सकेमा यसले शरीरलाई स्वस्थ, बलियो र ऊर्जावान बनाइराख्न सहयोग पुर्‍याउने विश्वास गरिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर