स्थानीय सरोकार: रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।
आजको अतिथि आरुघाट गाउँपालिकाका अध्यक्ष - राजु गुरुङ हुनुहुन्छ । स्थानीय विकासका मुद्दा, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवादको क्रममा आरुघाट गाउँपालिकाका अध्यक्षले हालसम्मका उपलब्धि र प्राथमिकताहरूलाई अन्तरक्रिया कार्फत गर्नुभयो।
“स्थानीय सरोकार” केवल एक कार्यक्रम होइन; यो जनताको भावना, अपेक्षा र स्थानीय विकासको दिशानिर्देशक मञ्च हो। यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र विकासको गति तीव्र बनाउने अपेक्षा राख्दछ।
आरुघाट गाउँपालिकाको समग्र विकास, सार्वजनिक सेवामा पारदर्शिता, र स्थानीय आवश्यकता अनुरूपका नीतिगत पहलकदमिहरूका सन्दर्भमा अध्यक्ष अधिकारीसँग भएको प्रत्यक्ष संवादले धेरै महत्वपूर्ण प्रश्नहरू उजागर गरेको छ।
स्थानीय तह सशक्तिकरण र जनताको प्रत्यक्ष सरोकारलाई केन्द्रमा राखेर गरिएको यो कुराकानी गाउँपालिकाको विकास–यात्राको एक महत्वपूर्ण प्रतिविम्ब हो।
स्थानीय शासनको प्रभावशीलता केवल योजनाको कागजी प्रतिबद्धतामा निर्भर हुँदैन; यसको परिणाम नागरिकको दैनन्दिन जीवनमा अनुभूत हुनुपर्छ।
आरुघाट गाउँपालिकाको विकास दृष्टि : अध्यक्ष राजु गरुङ सँग प्रत्यक्ष संवाद
स्थानीय सरोकार । आरुघाट गाउँपालिका गोरखाको ऐतिहासिक पहिचान, विपद्–अनुभव र विकास सम्भनाहरूले भरिएको भूभाग हो। विगत केही वर्षयता यहाँको स्थानीय नेतृत्वले आधारभूत सेवा विस्तार, पूर्वाधार निर्माण र सामाजिक सशक्तिकरणलाई प्राथमिकता दिएको छ।
गाउँपालिकाका अध्यक्ष राजु गरुङसँगको प्रत्यक्ष संवादले गाउँपालिकाको आगामी रूपरेखा मात्र होइन, विकास मॉडेलकै सम्भावित दिशाहरूलाई उजागर गर्छ।
अध्यक्ष गरुङको दृष्टिमा आरुघाटलाई आधुनिक, समावेशी र दिगो विकासमा आधारित पालिका बनाउने स्पष्ट लक्ष्य छ। उनका अनुसार, “स्थानीय तहले देखेको सपना भनेको केवल योजनाको सूची होइन, आन्तरिक स्रोत, सामुदायिक सहभागिता र पारदर्शितामा आधारित संरचना निर्माणको प्रक्रिया हो।”
गाउँपालिकाले पहिचानका रूपमा अगाडि सारिरहेको खानेपानी, सडक, कृषि आधुनिकीकरण, पर्यटन विकास र सामाजिक सेवा सुधार आगामी वर्षका प्रमुख कार्यक्रम हुन्। मर्स्याङ्दी–गण्डकी क्षेत्रको भौगोलिक विशेषताबारे बोल्दै अध्यक्षले भन्छन् । “सामुदायिक सहकार्य बिना पूर्वाधारले स्थायित्व पाउँदैन, त्यसैले हामी प्रत्येक बस्तीलाई योजना निर्माणकै चरणदेखि सहभागी गराउँछौं।”
शिक्षा र स्वास्थ्यलाई आधारभूत सूचक मान्दै गाउँपालिकाले विद्यालय सुदृढीकरण, स्वास्थ्य केन्द्र विस्तार, महिला तथा भूमिहीनका जीवनस्तर गर्ने योजनालाई प्राथमिकतामा राखेको छ। ग्रामीण सडक विस्तार, कृषि सडक मर्मत र विप