शनि, ०९ जेठ २०८३ / May 23, 2026, Saturday
शनि, ०९ जेठ २०८३
Advertisement
banner add

भैरहवा मालपोतका नासुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

banner add
writter
सोम, ०४ जेठ २०८३
(Shares)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भैरहवाका नायब सुब्बा (नासु) ओमबहादुर खाँचाविरुद्ध सोमबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

जग्गाको ऋण श्रेस्ता कायम गर्ने र अपुताली नामसारीलगायतका काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको अनुसन्धानबाट प्रमाणित भएपछि आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो। सरकारी कामकाजमा सहजीकरण गरिदिने भन्दै नासु खाँचाले सेवाग्राहीसँग मोलमोलाइ गरेर उक्त रकम असुल गरेको अख्तियारको दाबी छ।

आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) बमोजिम कसुर गरेको ठहर गरेको छ। दायर गरिएको मुद्दामा दुई लाख रुपैयाँ बिगो कायम गर्दै सोही बिगो बमोजिमको जरिवाना र कानुनअनुसार कैद सजायको मागदाबी गरिएको छ।

यसअघि, सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो। सोही घटनाको विस्तृत अनुसन्धानपश्चात् उनीमाथिको आरोप पुष्टि भएकाले अदालतमा मुद्दा लगिएको आयोगले स्पष्ट पारेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर