बुध, ०२ वैशाख २०८३ / April 15, 2026, Wednesday
बुध, ०२ वैशाख २०८३
Advertisement
banner add

अवैध लागूऔषधविरुद्ध कडाइ, चार जनाको गिरफ्तारी

banner add
writter
बुध, २५ चैत २०८२
(Shares)

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा प्रहरीले लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्।

सबैभन्दा ठूलो कारबाही काठमाडौं महानगरपालिका–९ भत्केकोपुल क्षेत्रमा भएको छ। सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले १,०७० एम्पुल डाइजेपाम, १,११५ एम्पुल नोर्फिन र १,०८० एम्पुल फेनारगनसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनको डेरा कोठा तलासी गर्दा लागूऔषध बरामद गरेको हो।

थप अनुसन्धानका क्रममा सोही वडाको गैरीगाउँस्थित उनको अर्को डेराबाट नगद ३ लाख ११ हजार ५ सय ५० रुपैयाँ, विभिन्न विदेशी मुद्रा र सुनजस्तो देखिने गरगहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१२ का ३१ वर्षीय सुरज गुरूङ र काठमाडौं गौशालाका २३ वर्षीय प्रेम सार्की रहेका छन्। उनीहरू सवार बसबाट ६९ एम्पुल डाइजेपाम, ६६ एम्पुल फेनारगन र ६५ एम्पुल बुप्रेनोर्फिन बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै भक्तपुर नगरपालिका–८ लिवालीबाट ३७ वर्षीय राजु कर्मचार्यलाई पक्राउ गरिएको छ। उनको साथबाट ९६ एम्पुल नोर्फिन, ९८ एम्पुल डाइजेपाम, ९१ एम्पुल फेनारगन र ५४ ट्याब्लेट टेन्टाडोल बरामद गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर