सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

दक्षिण कोरियामा भारी वर्षा : १४ को मृत्यु

banner add
writter
आइत, ०४ साउन २०८२
(Shares)

सियोल, साउन  ४ गते । दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ ।

गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ सहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र छ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

मन्त्रालयको प्रतिवेदन अनुसार गाप्योङ र दक्षिणी सहर ग्वाङ्जुमा छ जना अझै बेपत्ता छन् ।

गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर