आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

“स्थानीय सरोकार : महाभारत गाउँपालिका अध्यक्षसँग प्रत्यक्ष कुराकानी”

banner add
writter
सोम, १५ मंसिर २०८२
(Shares)

स्थानीय सरोकार:  रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।

आजको अतितथि महाभारत गाउँपालिकाका अध्यक्ष  हुन्छ । स्थानीय विकासका मुद्दा, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवादको क्रममा अर्जुनचोपारी गाउँपालिकाका अध्यक्षले हालसम्मका उपलब्धि र प्राथमिकताहरूलाई अन्तरक्रिया कार्फत गर्नुभयो।

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि-२०७७, स्थानीय तह वित्तीय सुशासन मूल्याङ्क्कन कार्यविधि-२०७७ र स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि-२०७९ तिनवटै कार्यविधिलाई एकिकरण तथा परिमार्जन गरी मिति २०८२ साउन ४ गतेको मन्त्री परिषदको निर्णय पस्चात- स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (व्यवस्थापन तथा सञ्चालन) LGPASS कार्यविधि-२०८२ लाई आर्थिक बर्ष २०८२/०८३ देखि कार्यन्वयन हुने गरि सङ्घीय मामिला ताथा सामान्य प्रशासन मन्त्रालय जारि गरिसकेको अवश्था छ! यस LGPASS को उतकृष्ट अंकभारको लागि तयारी कसरी भैरहेको छ ?   

- महाभारत गाउँपालिकाको हक हितका लागी के कस्ता परियोजनाहरु कसरी अगाडी बढाएको छ? त्यसै गरी  गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखापरीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१), (२) र (3) अनुरुप कति प्रतिशत नतिजा ल्यएर यस पालिकाले काम गरिरहेको छ ?

- महाभारत गाउँपालिलाई कृषि पर्यटकीय नगरीको रुपमा विकास गर्न फक्सिङटार, सोत्तेल,  लामिमिडाँडा,  ठुलोपोखरी,  चाउडिक,  लामाटोल, सल्लेनी तथा महादेवटार लगाएत अन्य फाँट र टारहरुलाई सघन कफी खेती प्रवर्द्धन गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ भन्ने निर्माण योजना ल्याउनु भएको हो ?

स्थानीय लोकतन्त्रको सुदृढीकरण र जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सार्वजनिक संवाद अपरिहार्य मानिन्छ। गाउँपालिका संरचनाले स्थापना गरेको नीतिगत तथा विकासगत प्राथमिकताहरू कति प्रभावकारी छन्, तिनको कार्यान्वयन कत्तिको पारदर्शी छ, र नागरिकका अपेक्षामा जनप्रतिनिधिहरू कत्तिको जवाफदेही छन्यी । सबै प्रश्नहरूको उत्तर खोज्ने प्रयास यस अंकको “स्थानीय सरोकार” स्तम्भमा गरिएको छ।

यस श्रृंखलाअन्तर्गत महाभारत गाउँपालिका अध्यक्षसँग गरिएको प्रत्यक्ष कुराकानीले गाउँपालिकाका मुख्य चुनौती, सम्भावना र आगामी रणनीतिबारे स्पष्ट दृष्टिकोण प्रदान गरेको छ। जनस्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि पशुपालन तथा दिगो पर्यटनजस्ता क्षेत्रहरूमा गाउँपालिकाले अघि सारेका कार्यक्रमहरू प्रशंसनीय त छन् तर तिनको दीर्घकालीन प्रभाव सुनिश्चित गर्न योजनाबद्धता, पारदर्शिता र सुदृढ समन्वय अझै बढाउनुपर्ने देखिन्छ।

अध्यक्षले प्रस्तुत गर्नुभएको बजेट व्यवस्थापन, स्थानीय स्रोत परिचालन र समुदाय आधारित विकास मोडलप्रति देखिएको प्रतिबद्धता सकारात्मक छ। तर, सार्वजनिक सुशासन र सेवा प्रवाहमा देखिने असमानता हटाउन, नागरिक गुनासा प्रणालीलाई प्रभावकारी बनाउन र कमजोर वर्गका मुद्दा विशेषगरी महिला, बच्चा, ज्येष्ठ नागरिक र विपन्न परिवारलाई प्राथमिकतामा राख्न स्थानीय तहले अझ बढी उत्तरदायित्व निभाउन आवश्यक छ।

हाम्रो सम्पादकीय दृष्टिमा, स्थानीय तहको सफलतासँग जनसहभागिता प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ। जनप्रतिनिधिहरूले राखेका योजनाहरू तभी सार्थक हुन्छन् जब नागरिकहरूले तिनलाई आफनो कार्यक्रम सम्झेर साथ दिन्छन् र निरन्तर निगरानी गर्छन्।

महाभारत गाउँपालिकाका आगामी पाँच वर्षका लक्ष्य, स्रोत–साधन, अवसर र जोखिमका पक्षहरूबारे नागरिकमैत्री संवाद निरन्तर खुला राख्न हामी आग्रह गर्दछौं। स्थानीय सरकार र नागरिकबीचको विश्वास, पारदर्शिता र सहकार्य सुदृढ हुँदै गएमा विकासका सूचकहरू अवश्य नै उकासिनेछन्।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ। 

ads
ads
add
banner add

सम्बन्धित खबर