स्थानीय सरवकार: विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने मुल नाराका साथ प्रषारण भैरहेको कार्यक्रम स्थानीय सरोकार जीवन शर्माको साथमा हरेक दिन बिहान ६:३० देखि ७:०० बजे सम्म रेडियो आहा 104.5 MHz , www.radioaaha.com, सामाजिक सञ्जाल फेसबुक/रेडियो आहा, YouTube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा संसारभर एकैसाथ सुन्न सकिन्छ ।
वासुदेव अधिकारी अहिले लालबन्दी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ। वि.सं. २०७९ साल (स्थानीय तह निर्वाचन) मा उहाँ नेपाली कांग्रेसका प्रतिनिधि भएर चुनाव जितेर निर्चित हुनुभएको हो । उहाँले ९,५६१ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी भन्दा करिब १,६७८ मतले सुरक्षित जित हासिल गर्नु भएको थियो।
लालबन्दी नगरपालिका मधेश प्रदेश, सर्लाही जिल्लामा पर्दछ। कृषिमा, विशेष गरेर टमाटर (गोलभेडा) उत्पादन र निर्यातका लागि यो स्थान नेपालमै परिचित छ।
उप विभिन्न जातजाति र समुदायहरू यहाँ बसेका छन् र कृषि, बजार, व्यावसायिक गतिविधि, साथै भौगोलिक भेग (तापक्रम, फाटाभावर, पहाड/चुरे क्षेत्र) को विविधता भएको स्थान हो।
लाबन्दी नगरपालिका विकासका बहुआयामिक सम्भावनासहित तीव्र शहरीकरणको बाटोमा अघि बढिरहेको स्थानीय तह हो । नगर प्रमुख वासुदेव अधिकारीको नेतृत्वमा नगरपालिका संरचनात्मक विकास, सेवा प्रवाह सुधार तथा आर्थिक पारदर्शिताका क्षेत्रहरूमा उल्लेखनीय पहल भइरहेको छ। स्थानीय नागरिकको आकांक्षा, आवश्यक पूर्वाधार र दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर अघि बढाइएको नीति तथा कार्यक्रमले नगरको रूपान्तरणलाई गति दिएको छ।
आज हामी नियमित कार्यक्रममा मधेस प्रदेशको लालबन्दी नगरपालिकाको विषयमा कुराकानी गर्ने गर्छौँ। लालबन्दी नगरपालिकाले के-कस्ता कामहरू गरिरहेका छन् त? विकास, निर्माण, समृद्धि र पुनर्निर्माण साथै, आम नागरिकको चासो, गुनासो र यस नगरपालिकाभित्रका अवसर, चुनौती र समस्याहरू के के छन् त? त्यसैगरी स्थानीय तह सञ्चालन ऐन २०७४ को अनुसूची ८मा २२ वटा एकल अधिकार पश्चात यस नगरपालिकाले आम नागरिकको शिक्षा, स्वास्थ्य र प्रशासनमा के कस्ता कामहरू गरिरहेका छन्? भौतिक निर्माण, पुनर्निर्माण र बजेटको हिसाबले कसरी चुस्त र दुरुस्त यस नगरपालिकालाई बनाइएको छ भन्ने विषयमा केन्द्रित रहनेछौँ। अनि यस नगरपालिकाभित्र रहेका आम नागरिकको चासो, गुनासो भन्ने विषयमा पनि पेरिफेरीमा कुराकानी गर्नेछौँ। कुराकानीको लागि हामीसंग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। आजका अतिथि, लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी।
-मेयर साहब यहाँलाई स्वागत छ कार्यक्रम स्थानीय सरकारमा.
नमस्ते, नमस्ते यहाँलाई धन्यवाद।
-स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसूची आठमा बाइसवटा एकल अधिकार दिएको छ। सबै समान समानान्तर रूपान्तर रुपांतर हिसाबले बजेट चालु र पूँजीगत रुपमा विनियोजित गरेको देखिन्छ। साथसाथै शिक्षा र स्वास्थ्य प्रशासन खर्चमा धेरै बजेट खर्च हुने गर्छ। आम नागरिकको बुझाइमा चाहिँ विकास, निर्माण र विकसित काम हुन सकेन भन्ने पनि लाग्छ। यस नगरपालिकाले के कसरी काम गइरहेको छ?
अत्यन्त राम्रो कुरा गर्नु। वास्तवमा हामीले सुरुमै शिक्षा र स्वास्थ्यलाई नै प्राथमिकता राखेर अगाडि बढाएका थियौं । हामीले यहाँ भएको १७ वटा वडा भएको सबभन्दा स्कुल क्षेत्रफल भएको जिल्लाको नगरपालिका उत्तरपट्टि त्यही पार कोन ४ वटा वडा भएको हो अनि ४८ वटा विद्यालय त्यसलाई हामीले बडा घ्याउको अवस्था देख्यौं।
यो वर्ष देखि अहिलेसम्मको शिक्षाको जाँच त्यो अवकाश लिने एउटा पद्धति चलायौं ।र केही विद्यालयलाई मगको अभियान पनि हामीले प्रारम्भ गर्यौं। अब यो वडा नं १५, ३, १०, ११ मा चाहिँ मा.वि. कक्षा संचालन गर्नका लागि स्वीकृति अगाडि बढायौ। हरेक वडामा एउटा मा.वि. चल्नुपर्छ भन्ने एउटा मान्यता लागि अगाडि बढायौ।
यसबाट नै प्राविधिक शिक्षा पूरा । हामी अलि कमजोर भएको हुनाले काठमाडौँ विश्वविद्यालयसँग साझेदारी र प्राविधिक धारका विद्यालय, पठनपाठनलाई स्नातक स्तरमा यहाँ बनाउने त यो अगाडि बढाएर वन मन्त्रालयबाट वन कार्यलयबाट १५.१४ हेक्टर जग्गा उपलब्ध गराएको छ।
मधेसको ठूलो भूमि रोजगारी युक्त भूमि त्यसैकालमा गर्नुपरेको छ । प्राविधिक तर्फ जस्तो अलि हाम्रो प्राविधिक तर्फ कमी नै महशुस भएको हुदा, यसरी शिक्षामा चाहिँ अगाडि बढायौं।
- आर्थिक वर्ष २०८१/०८१ को कार्यसम्पादन सम्पादित स्वास्थ्य कार्यक्रममा यहाँ निर्देशनालयले मधेश प्रदेशको आयोजित वार्षिक समीक्षामा मूल्याङ्कनको आधारमा मधेश प्रदेशका १३६ वटा पालिकाहरू मध्ये लालबन्दी नगरपालिका अग्र स्थानमा/ प्रथम हासिल गर्यो। अबको रणनीति, यहाँले पाउनुभएको उच्च सम्मान समथै एक नम्बरलाई स्थायी कायम गर्नको लागि नयाँ रणनीतिहरू के के तयार गरिन्छ?
हामीले शिक्षा र स्वास्थ्यमा अलिकति बढी जोड दिने नै कुरा थियो। त्यसले गर्दाखेरी हामीले त यसतर्फ पनि मैले अहिले भनेँ हाम्रो उत्तर तर्फका ४ वटा वडाबाट लालबन्दी आउँन र लालबन्दीका लागि काठमाडौँ जानु झनै-झनै उस्तै खर्च पर्दछ।
अनि तिनीहरुले यहाँ लालबन्दीमा सामान्य उपकर पाएर फर्किएर जानुपर्यो भने उनीहरुको गतिलाई हेरेर यसतर्फ अगाडि हामीले स्वास्थ्य तथा विभिन्न कार्यक्रमहरू अगाडि बढाउने काम गर्यौं। तर अहिलेसम्मको हामीले आमा सुरक्षा कार्यक्रममा सघाउँछ, सेवा हामीले गर्यौं। त्यसले हेटौं कि त्यसबेला खेरी सुकेरीलाई पनि सुकेरी हुनेहरुलाई ऑपरेसन सेवा यही शुरु हुने हुनाले सट्टा भएरै हामीलाई अधि सहज हो । र सुकेरीलाई कसरी गर्ने भने उनीहरुलाई हामीले एउटा एम्बुलेन्स लालबन्दी नगरपालिकामा सुकेरी मात्रै त्यस्तो आमा सुरक्षा कार्यक्रम मात्रै सञ्चालन गर्ने एउटा सबै व्यवस्था गर्यौं। यस्तै नगर अस्पताल सञ्चालन गरेपछि २४ घण्टा सुकेरीको अपरेशन गर्ने व्यवस्था गर्यौं।
मुटुको जाँच, सुगर, प्रेसर आदि त्यस्ता पनि क्रमशः गर्दैछौ। दैनिक ३०३ देखि ४०० सेवा लिएपछि हामीले अत्यन्त उत्साहित बनायौ। र स्वास्थ्य बिमालाई हामी जिल्ला भरीको एउटा लालबन्दी नगरपालिकामा छ। अर्को बृहत जनस्वास्थ्य प्रयोगशालालाई अगाडी वढयौं ।प्रयोगशालालाई अलि विस्तार गरेर लैजानुपर्यो भने हामीले काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिकाको प्रविधि मोडललाई मध्येनजर गरी बनायौं
।त्यसलाई यता तुरुन्त विस्तार गर्नु पर्छ भन्ने हिसाबमा अब, हामी एउटा छलफलमा छौ। मधेसको ८ वटा जिल्लामा हाइवेमा दुर्घटना धेरै भयो भनेर ट्रमा सेन्टरको ब्यवस्था नभएको हुनाले मैले पूर्वमंत्री सहित मैले यो ट्रमा सेन्टरको विषय प्रस्ताव ल्याइरहेको थिएं। यो ट्रमा सेन्टर आयको खण्डमा अघि पनि हामीले भने हामी अगाडि बढ्न सक्छौं ।
स्वास्थ्यमा धेरै कुराहरु थिए । अब अहिले त्यो मनोमन मेमोरियल हस्पिटल भनेर पहिले १५/१६ वर्ष अघि देखि शुरू गर्न लागिएको थियो। अहिले पनि योजना आयोगबाट आएको पैसा पनि त्यहाँकै लागि खर्च हुदै आइरहेको छ। त्यस्तै दुईटा भवन हाम्रो कम्पलीटली तयार हुँदैछन् ।
एउटा २४ घण्टा सेवा दिने १५ बेडको नगर अस्पतालको भवन पनि हाम्रो तयार हुँदैछ। त्यसैभित्र मैले खानेपानीमा काम गरे बापत एउटा पुरुकार स्वरुप पाएको सोही १६ बेडको अस्पताल सामुदायिक भवन त्यो पुराभएर बसेको हामीले एक वर्ष भित्र ५०० जना सुत्केरी सर्जरी क्लियर गरेकाछौ। त्यसमा पनि अब आवश्यक सामाग्रीहरु निःशुल्क अवस्थामा वतरण गरेका छौं। त्यसलाई पनि अझै वडामा जिरो डिलिभरी होस् भन्ने यसलाई हामीले बर्थिंग सेन्टरबाट पनि लालबन्दी नगर अस्पतालमा केन्द्रित गर्ने हिसाबले अगाडि बढेका छौँ र यसबाट विभिन्न हिसाबले अब अरु जुन २०० सालदेखि आएका खोपहरु छन्। त्यसलाई पनि हामीले व्यवस्था गरेका छौँ।
स्वास्थ्य सेवा र सेविकाहरूलाई एउटा सम्मानजनक हिसाबले त सेवालाई परिचालन गर्ने कुरा पनि अगाडि बढाएका छौँ।
जाहाँ म निर्वाचित भएर आउदा पहिलो बर्ष ७ नम्वरमा लालबन्दी नगरको स्वास्थ्यको अवस्था थियो। दोस्रो बर्ष ४ चार नम्वरमा आएको थियो। तेस्रो वर्ष अहिले प्रथम भएको हुनाले खुसी छ। त्यो खुशी मैले मेरा स्वास्थ्यकर्मी साथीहरू, नगरपालिका, सम्पूर्ण परिवारको र १३६ नगरपालिकाको यो विजय भन्ने हिसाबले मैले त्यहाँ पनि साथीलाई आग्रह गरे। हामीले किन १३६ नगरपालिकालाई जोड्ने भने भने, अब यो बीचमा सबै हिसावले सहज र सरल सुविधा पाउने छन् ।
-स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा नं ६६ अनुरूप बजेट तथा सीमा निर्धारण गर्ने समिति पनि गठन गर्ने गर्छ। उक्त समितिको आर्थिक स्रोतको भारले लालबन्दी नगरपालिकाको आन्तरिक स्रोत कस्तो छ? योजना बजेट छनौट गर्दा केरी यहाँले आम नागरिकको सहभागिता र सुनिश्चिततालाई कसरी लिइरहनुभएको छ?
यो बजेट छनौट गर्दा सबभन्दा पहिले अहिले वडा भेला गरेर वडाबाटै या नगर प्रमुखले चाहिँ बिचमा चाहिँ ठाउँ-ठाउँमा पालिका गाउँ-गाउँ समिति स्तरमाबाटै कमिटि भेला र छलफल गर्नुहुन्छ। अनि त्यसपछि वडा स्तरमा वडाका प्रतिनिधिहरुलाई वडाबाट आएका सुझावहरुलाई चाहिँ समन्वय गर्दै त्यसलाई प्राथमिकता क्रममा वडावडामा हामी बजेटको व्यवस्था गर्याछौ।
अहिले कुल बजेटमा ५० प्रतिशत हामीले वडाहरुलाई विभाजन गर्छौँ। ५० प्रतिशदले नगर र नगरले गर्ने काम यो दुईवटै शाखा स्वास्थ्यलाई केन्द्रित गरेका छौं । यसमा सबभन्दा हामीले समस्या के छ भने हाम्रो ७० प्रतिशत जमिन एेलनी/सार्वजनिक छ ।त्यो जग्गालाई प्राथमिकता दिएर हामीले त यसअगाडि सम्झौता गर्यौं भूमि आयोगसँग। अब हामीले गर्नुपर्ने काम सबै सकेको १७ वटा वडामा त्यसको लागि १८ हजार ५० जमिन त्यही हाम्रा लालपुरा बनाउनुपर्ने एउटा तथ्यांक हामीसँग छ ।
-स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसूची ८ मा २२ वटा एकल अधिकार मध्ये १७ औ एकल अधिकारमा वैदेशिक रोजगार तथ्यांक संकलन शाखा पनि छ! यस नगरपालिकाको बजेट रातो किताब अथवा योजना बजेटमा नगरपालिका भित्रका वैदेशिक रोजगारबाट फर्केर आएका युवा/युवतीहरूलाई लक्षित कार्यक्रम पनि याहाँले ल्याउनुभएको छ । अब त्यस कार्यक्रमले चाहिँ थप सुधार गर्नको लागि र न्यूनीकरणको लागि कस्तो भूमिका निर्वाह गर्ला ?
वैदेशिक रोजगारको शिप सिकेर आएका ती भाइहरूलाई चाहिं हामीले योजना अगाडि सारेका छौ। वैदेशिक रोजगारबाट फर्केर आएका युवा/युवतीहरूलाई लक्षित कार्यक्रम ल्याएका हौं ।एकल अनुदान दिनको लागि कानुन र संघको ऐनले पनि रोकेको हुन्छ । संयुक्त कार्यक्रम बनाएर आएको खण्डमा वैदेशिक रोजगारबाट फर्केर आएका युवा/युवतीहरूलाई पनि लाभ दायक हुने छ ।
अहिले हाम्रो ठूलो समस्याले गर्दा दक्षिणतिर चौतारी समुदाय छ। उत्तरतर्फ तामाङ समुदाय छ। हाम्रो एकल अथवा एक्लै बसेर काम गर्ने एउटा अभ्यासले गर्दा व्यवसाय व्यवहारिक हिसाब र कानूनी हिसाबले वा अनुदान सबैलाई दिन गाह्ये हुन्छ । हामीले कार्यविधि बनाएर आउन आहावन गरेका छौं ।
गत भदौ २२, २३ गतेको आन्दोलनले पनि त्यो जेएनजिको नाममा भएको युवाहरूको आन्दोलनले नगरपालिकामा झण्डै १२ करोड भन्दा माथि क्षति भएको छ। ती मूल्यांकन बाह्र करोड छ भने, मेरो घरमा पनि ५/६ लाख त्यो पनि गरिदिनुभयो।
यसबाट पनि मैले वहाँलाई चाहिँ हैन हामीले गल्ती गरेका के हो भने पुरस्कार प्राप्त गर्यौं। तर, हो के त भने ती प्रतिनिधि भईहरुसँग मैले कुरा गरेँ। हिजो गलत अवस्थामा पर्दा हाम्रो कार्यक्रम अन्तर्गत यो परेको हैन। त्यसले बारण बस भयो । दुःख हामीलाई पनि लागेको कुरा गर्नुहुन्छ। अब त्यसले अलिकति हामीलाई पनि काममा अलिकति अप्ठ्यारो र केही नोक्सानी बनायो।
अहिले हामीसँग सवारीसाधन भन्ने हो भने सातै वटा हाम्रा सबै आगो लागेका छन्। सबै नगरपालिकामा छाविन समितिको बैठक टोली आउँछ भनेर डेटा राखेका छौं ।
-महत्त्वपूर्ण समय र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
याहाँले पनि धन्यवाद। मलाई चाहिँ आफ्नो भएका कामहरूलाई अलिकति अगाडि बढाउनुको लागि यहाँले खोजी गरेर मलाई यसै लालबन्दी नगरपालिकाको बिषयमा कुरा राख्ने मौका दिनुभएको हो । रेडियोलाई म धन्यवाद दिन चाहन्छु।
-उहाँ हुनुहुन्थ्यो। लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारी।
लालबन्दी नगरपालिकाले पछिल्लो समय गरेका काम, कर्तव्य, अधिकार त्यसैगरी पछिल्लो समय जेएनजी आन्दोलन भदौ २३ र २४ ले पारेको क्षति, अनि यस नगरपालिकाले आगामी रणनीतिमा ल्याइएको बजेट र परियोजनाको विषयमा कुराकानी गर्यौ। भोली हामी अन्य अतिथिको साथ उपस्थित हुनेछौं। तबसम्म रेडियो अहा १०४.५ मेगाहर्ज सुन्दै गर्नुहोला। प्राविधिक मित्र रोशन थापाका साथ म जीवन सम्म पनि आगा चाहन्छु। नमस्कार।