आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

स्थानीय सरोकार : आमाछोदिङमो गाउँपालिका का अध्यक्षसँग प्रत्यक्ष कुराकानी

banner add
writter
बिहि, २७ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार : रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।

आजको अतितथिमा आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हुनुहुन्छ ।
स्थानीय विकासका मुद्दा, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवादको क्रममा अर्जुनचोपारी गाउँपालिकाका अध्यक्षले हालसम्मका उपलब्धि र प्राथमिकताहरूलाई अन्तरक्रिया कार्फत गर्नुभयो।

आमाछोदिङमो गाउँपालिकामा याँहा निर्वाचित भएर आए पश्चात यहाँले गर्नु भएको आम नागरिकले देखिने गरी गर्नुभएको कामहरु के-केहुन् ?

पुजीगत खर्च र चालुखर्चमा यस पालिको अवस्था के कस्तो छ? यस पालिकालाई हाइड्रो हव पालिका पनि भन्ने गरिन्छनी? आन्तरिक स्रोतमा कस्तो प्रभाव परेको छ?

रैथाने कृषि उत्पादनलाई बजारीकरणको संभावनालाई कस्तो योजना बनाउनु भएको छ?

पर्यटनको क्षेत्रमा पनि संभावनाका बोकेको पालिका हो ?

यस पालिकामा कृषि उत्पादको राम्रो संभावना बोकेको पालिका पनि हो भन्न सकिन्छ । पर्यटन प्रवर्द्धनको लागि सेवा सूविधाको हिसावले कस्तो व्यवस्थापन गरिएको छ । रमणिय द्दश्य र मनोरंजन क्षेत्र पर्यटकलाई कसरी तान्न सकिन्छ?

यीनै बिषयको पेरीफेरीका रहेर कुराकानी गरिएको हो ।

बुचुङ तामाङ पेशाले राजनीतिकर्मी हुनहुन्छ । जो हाल बागमती प्रदेश, रसुवा जिल्ला स्थित आमा छोदोङ्मो गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ । गाउँपालिका अध्यक्षका रुपमा यो उहाँको दोस्रो कार्यकाल हो । त्यसो त हाल उहाँ नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत हुनुहुन्छ ।

बुचुङ तामाङको जन्म रसुवा जिल्लाको साबिक हाकु गाविसमा २०४४ साल- पुस ५ गतेको दिन भएको हो । रसुवा मा.वि धुन्चेबाट प्रवेशिका परिक्षा उतिर्ण गर्नुभएका उहाँले रसुवा स्थित कालिका हिमालय क्याम्पसबाट शिक्षा संकाय अन्तर्गत स्नातकसम्मको अध्ययन पुरा गर्नुभएको छ ।

साठीको दशकको शुरुवाती कालमा माओवादीको लडाकु कमाण्डर बन्नुभएका बुचुङ २०६२/ २०६३ को जनआन्दोलन पस्चात भने पूर्णतया सकृय राजनीतिमा आउनुभएको हो ।

पहिलो कार्यकालमा नयाँ शक्ति पार्टिबाट एक मात्र निर्वाचित पालिका प्रमुख बन्नु भएका उहाँ पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको हो । 

३० बर्ष पुग्दा नपुग्दै युवावय कालमै स्थानीय तह प्रमुखमा निर्वाचित हुनुभई सरकार प्रमुख जस्तो गहन जिम्मेवारी प्राप्त गर्नुभएका बुचुङको छवि एक भिजनरी नेताको रहेको छ ।
 
ग्रामीण अर्थतन्त्रलाई नउकास्दासम्म देशले कायापलट गर्न नसक्ने बताउनुहुने उहाँ अपार जल सम्पदा एवम् प्राकृतिक एवम् साँस्कृतिक रुपले वैभवशाली आफनो स्थानीय तहको विकासका निम्ती आफुले ठोस योजना लिएर अघि बढेको बताउनु हुन्छ । 

गाउँपालिकालाई अर्गानिक पालिका बनाउने लक्ष्यसहित अघि बढनु भएका बुचुङले हिमाली क्षेत्रका दुई सय गोठालालाई सोलार वितरण, शैक्षिक सुधारका लागि कार्यक्रम संचालन तथा स्वास्थ्य र पर्यटन विकाससम्बद्ध विविध कार्यक्रमहरु पस्कनुभएको छ । 

ग्रामीण अर्थतन्त्र उकास्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यसहित गाउँघरमै रोजगारीको अवसर सिर्जना र राष्ट्रिय उत्पादकत्व ब्रिद्धीमा आफनो ध्यान केन्द्रित राखेर काम गरिरहनु भएको छ।

“स्थानीय सरोकार” केवल एक कार्यक्रम होइन; यो जनताको भावना, अपेक्षा र स्थानीय विकासको दिशानिर्देशक मञ्च हो। यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र विकासको गति तीव्र बनाउने अपेक्षा राख्दछ।

यो कार्यक्रमको मूल उद्देश्य स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, सुशासन र जनताको सहभागिताबारे सार्थक संवाद स्थापना गर्नु हो।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ। 

ads
ads
add
banner add

सम्बन्धित खबर