आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

स्थानीय सरोकार : वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालसँग प्रत्यक्ष कुराकानी

banner add
writter
शुक्र, २८ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार : रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।

आजको अतिथि वैदेशिक रोजगार विभाग निर्देशक टिकाराम ढकाल  हुन्छ ।

नेपालमा देखिएको बढ्दो वेरोजगार र रोजगारमा गएका नेपाली श्रमिकहरुको अवस्था र श्रमिकहरुको हकहितका लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ काम कसरी गरिरहेको छ त ?

"वैदेशिक रोजगार ऐन, २०६४" जारीभए पश्चात, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसूची (८) मा २२ वटा एकल अधिकार स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार, अनुसूची (८) को १७ औँ एकल अधिकारमा रोजगार एवम् बेरोजगार तथ्याङ्क ङ्क्कलन शाखा सञ्चालनमा रहेका छन् ।

के? माथि उल्लेखित वुधा अन्तर्गत स्थानीय सरकार र वैदेशिक रोजगार विभाग जनचाहान अनुसार काम गरिरहेको छन्? “स्थानीय सरोकार” केवल एक कार्यक्रम होइन; यो जनताको भावना, अपेक्षा र स्थानीय विकासको दिशानिर्देशक मञ्च हो।

यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र विकासको गति तीव्र बनाउने अपेक्षा राख्दछ।

वैदेशिक रोजगारी नेपालको सामाजिक–आर्थिक संरचनाको मेरुदण्डजस्तै बनिसकेको छ। देशभित्र पर्याप्त रोजगारीको अभाव र अवसरको सीमितताका कारण लाखौँ युवाहरू काम, आय र भविष्यको खोजीमा विदेशिन्छन्।

यस्तो संवेदनशील क्षेत्रमा नीतिगत स्पष्टता, सेवा प्रवाहमा पारदर्शिता र कामदारको सुरक्षालाई केन्द्रमा राखेर राज्यले काम गर्नु अत्यावश्यक छ। यही विषयलाई केन्द्रमा राख्दै वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालसँग गरिएको प्रत्यक्ष कुराकानीले अहिलेको प्रणालीका कमजोरी,  सुधारका सम्भावना र विभागले अघि सारेका प्राथमिकताहरूलाई उजागर गरेको छ।

ढकालका अनुसार विभागको प्रमुख चुनौती अनधिकृत नियमबाट चलेका भर्ती अभ्यास, विदेशमा कामदारसँग हुने दुव्र्यवहार, र स्वदेशमै भइरहेको दलालजालको नियन्त्रण अझै पनि जटिल नै छन्। तर उहाँका भन्नुहुन्छ ।

डिजिटल प्रणालीमार्फत स्वीकृति प्रक्रिया पारदर्शी बनाउने, श्रमिक अभिमुखीकरणलाई प्रभावकारी बनाउने, तथा उडानअघि र विदेश पुगेपछि समेत श्रमिकले सहज सेवा पाउन सक्ने 'एकीकृत सहायता संरचना' निर्माण विभागको प्राथमिक लक्ष्य हो।

संपादकीय दृष्टिकोणबाट हेर्दा, विभागले पछिल्ला वर्षमा ल्याएका केही सुधारात्मक पहलहरू स्वागतयोग्य छन्; जस्तै ई-गेट पास, अनलाइन श्रम स्वीकृति, र सेवा प्रदायकको अनुगमन कडाइ। तर यी पहलहरूको प्रभावकारिता तब मात्र देखिन्छ जब सेवा लिने युवाले वास्तविक सुधार अनुभूत गर्छन्। दलाल नियन्त्रण, कम्पनी–एजेन्ट–म्यानपावरबीचको अपारदर्शी सम्बन्ध, तथा समयमा हुने अनुगमन–कारबाही अझै पनि अपेक्षाकृत कमजोर देखिन्छ।

ढकालले प्रत्यक्ष कुराकानीमा व्यक्त गरेको ‘सुरक्षित, सम्मानजनक र व्यवस्थित वैदेशिक रोजगारी’ को दृष्टिकोण प्रशंसनीय छ। तर त्यसलाई कार्यान्वयनमा रूपान्तरण गर्न राजनीतिक इच्छाशक्ति, प्रशासनिक प्रतिबद्धता, र प्रविधिको प्रभावकारी उपयोग अनिवार्य छ।

वैदेशिक रोजगारी आज सरकारले केवल “सेवा” हैन, “दायित्व” का रूपमा लिनुपर्ने क्षेत्र हो। युवाहरूको पसिना, श्रम र जोखिम देशको अर्थतन्त्र चलाउने आधार बनेको यथार्थलाई सम्मान गर्दै, विभागले स्थानीय सरोकारलाई प्राथमिकतासाथ सम्बोधन गर्ने नीतिगत निरन्तरता अब अत्यावश्यक छ।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ। 

ads
ads
add
banner add

सम्बन्धित खबर