आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

स्थानीय सरोकार : बेथिति एवम् भ्रष्टाचारविरुद्ध अभियानका अभियान्ता राजू सुनार

banner add
writter
मङ्गल, ०१ पुस २०८२
(Shares)

स्थानीय सरोकार/काठमाडौँ । विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ प्रशारण भएको ‘स्थानीय सरोकार रेडियो आहा 104.5MHz द्वारा प्रसारित “स्थानीय सरोकार” अन्तरकृयात्मक कार्यक्रमको अतिथि बेथिति एवम् भ्रष्टचार बिरुद्ध अभियानका अभियान्ता राजु सुनार  हुनुहुन्छ। 

आज हामी गोकर्णेश्वर नगरपालिकाले गरेका विकास निर्माण संमृद्धि र पुन:निर्माण साथै आम नागरिकहरुको चासो र गुनासोको आधारमा तयार पारिएको कार्यक्रम प्रस्तुत हुदै आइरहेको छ ।

-   ‘भ्रष्टचार निवारण ऐन २०५९ (पहिलो संशोधन) ऐन २०८१ को दफा (३) को उपदफा (१) को बुधा नम्वर छ मा भनिएको छ’; एक करोड भन्दा वढी दश करोड भन्दा मुनी भ्रष्टचार गरेको प्रमाणित भएमा ८ बर्ष देखि १० बर्ष सम्म कैद हुनेछ भनिएको छ? ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैया ८५ पैसा हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगोमाग दावी पेश उच्च अदालत पटनमा गरिसकेको छ? अब, याहाँहरुको अभियानले कसरी हेरिरहेको छ?

स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिताको अभाव आज पनि गम्भीर चुनौतीका रूपमा देखिँदै आएको छ। विकासका नाममा हुने अनियमितता, सार्वजनिक स्रोतको दुरुपयोग र निर्णय प्रक्रियामा देखिने अपारदर्शिताले आम नागरिकमा निराशा बढाइरहेको यही सन्दर्भमा बेथिति एवम् भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएकाछौं । 

कुनै पदमा नभए पनि उहाँले स्थानीय तहका गलत अभ्यासहरू उजागर गर्दै निरन्तर नागरिक चेतनाको काम गरिरहेका छन्।अब, बाँकी रहयो कुरा याहाँले उठाउँनु भएको प्रश्नको कुरा- हामीले पनि विभिन्न पत्रपत्रिका मार्फत समाचार सुन्दै आएका छौं । पूर्व मेयर सन्तोस चालिसेले जुन कानुन छलेर अकुत सम्पती आर्जन गर्नु भयो ।

आफुसँगै परिवारको नामा राखेर आर्जन गरेको जुन माग दावी विगो अनुरुप ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैया ८५ पैसा हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगोमाग दावी पेश उच्च अदालत पटनमा गरिसकेको छ भन्ने समाचार प्रप्त भएको छ । मलाई जहाँसम्म लाग्छ सम्मानित अदालतले सहि निर्णय लिने छ । यदि गल तरिकाले आर्जन गर्को सम्पती हो भने उहाँले सजाए भोग्नु हुन्छ । यद्येपी कुनै समुह र व्यक्ति गलत मनासाएले पछाडी लागेर उहालाई सङ्काउने खेल गरिएको हो भने गलत हो । हाम्रो अभियानको धार्णा पनि यहि नै हो सत्य छाविनहोस् ।

-   हालै खगेन्द्र नवजीवन केन्द्रमा निर्वाचन सम्पन्न भएको छ? उक्त निर्वाचनमा दुई खेमामा विभाजित भएको पाइयो ! संस्थापक पक्ष सान्देम लामा र अर्का प्रतिसप्रधि यज्ञ प्रसाद उप्रती पक्षधर निर्वाचितको दावेदार दुवै पक्ष हूँ भन्नु हुन्छ! फैरी लामा पक्षले उप्रेतीलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइर पनि छ! यस घटना प्रति यहाँको अभियानले कसरी हेरीरहेको छ?

हो यहाँले राख्नु भएको प्रश्नमा भने जस्तै हालै सम्पन्न निर्वाचनबाट यज्ञ प्रसाद उप्रती निर्चित अध्यक्ष हुनु भएकै हो । जव उहाँ आफ्नो पदवाहालीको क्रममा सान्देम लामाले केटाहरु बोलाएर कुटपिट गरेको सामाजिक सञ्जालको भिडियोमा पनि देखिन्छ ।यहिले उहाँ प्रहरीको हिरासतमा हुनुहुन्छ । जुन बेथिति हुदै आएको छ खगेन्द्र नवजीवन केन्द्रमा अति नै भएको छ । त्यसैले सुधार गर्नु पर्ने आवश्य छ।

- यहाँहरु चाल्नु भएको अभियान सञ्चालन गर्दै-गर्दा पटक-पटक गिरफतारी पर्नु भयो? स्थानीय सरकारले याहाँको अभियान प्रति जैलाग्नुको कारण के हो?

हामीले चालेको कदमबाट नगरपालिकाले चालेको कदम प्रति सार्वजनिक खरिद, योजना छनोट, बजेट कार्यान्वयन र सेवा प्रवाहमा देखिने कमजोरीबारे प्रश्न उठाउनु हाम्रो अभियानको मुख्य उद्देश्य हो। हामी गरेका खराव  भ्रष्टाचारविरुद्धको लडाइँ व्यक्ति वा दलविरुद्ध होइन, प्रणाली सुधारको अभियान हो।

अभियानको सक्रियताले स्थानीय सरकारलाई अझ जिम्मेवार बनाउने दबाब सिर्जना गरेको छ। कतिपय अवस्थामा प्रशासनिक निकायले उहाँका प्रश्नलाई असहज रूपमा लिएको देखिए पनि नागरिकको सूचनाको हक र जवाफ माग्ने अधिकारलाई उनले निरन्तर अभ्यासमा ल्याइरहेका छन्। सामाजिक सञ्जाल, सार्वजनिक छलफल र सम्बन्धित निकायमा औपचारिक उजुरीमार्फत उनले आफ्नो अभियानलाई संस्थागत बनाउने प्रयास गरेका छन्।

यस्ता अभियान्ताहरूको उपस्थितिले लोकतन्त्रलाई बलियो बनाउँछ। किनकि सुशासन केवल कानुन बनाएर होइन, सचेत नागरिकको निरन्तर निगरानीबाट सम्भव हुन्छ। तर, राज्यका निकायले यस्ता अभियानलाई विरोध होइन, सुधारको अवसरका रूपमा लिनु जरुरी छ। सत्य उजागर गर्ने आवाजलाई दबाउने होइन, संरक्षण गर्ने संस्कार विकास हुन आवश्यक छ।

स्थानीय तहमा विकास र सुशासन एक अर्काका पूरक हुन्। राजु सुनारजस्ता अभियान्ताको सक्रियताले बेथिति नियन्त्रण र पारदर्शी प्रशासनतर्फको यात्रालाई गति दिने विश्वास गर्न सकिन्छ। अब आवश्यकता छ । नागरिक, प्रशासन र निर्वाचित प्रतिनिधिबीच स्वस्थ संवाद र सहकार्यको।

पुरा कार्यक्रम; स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियोआहा 104.5 MHz,  www.radioaaha.com सामाजिक सञ्जाल फेसबुकर/रेडियोआहा,  टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकै साथ सुन्न सकिन्छ ।

 

 

ads
ads
add
banner add

सम्बन्धित खबर