आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

स्थानीय सरोकार: गाउँपालिका राष्ट्रिय महासंघ नेपालका एवम् हुप्सेकोट गाउँपालिकाका अध्यक्ष पाण्डे सँग विशेष कुराकानी

banner add
writter
शनि, २२ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/काठमाडौँ ।  विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ प्रशारण भएको  ‘स्थानीय सरोकार’  रेडियो आहा 104.5MHz  द्वारा प्रसारित “स्थानीय सरोकार”  अन्तरकृयात्मक कार्यक्रमको अतिथि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल एवम् हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डे हुनुहुन्थयो। 

पछिल्लो समय गाउँपालिका राष्ट्रिय महासंघले के? कस्तो काम गर्दै आएको छ ? संमग्र गाउँपालिकाहरुको हक हितका लागी के कस्ता कामहरु भैरहेका छन् ? त्यसै गरी हुप्सेकोट गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्क्कन (लिजा), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरे) र महालेखा परीक्षकको बासट्ठिऔँ वार्षिक प्रतिवेदन, २०८२ अनुसूची २१ को (१)। (२) र (३) अनुरुप कस्तो नतिजा ल्याउन सफल भयो ?

संघ र गाउँपालिका बिचको समन्वय भूमिका, समस्या र चुनौतीहरु के-के छ त ?  यिनै बिषयका पेरीफेरीमा रहेर  रेडियो आहा रेडियो आहा १४.५ MHZ द्वारा प्रसारित “स्थानीय सरोकार” अन्तरकृयात्मक कार्यक्रम भएको थियो । 
नेपालमा स्थानीय शासन प्रणाली सुदृढीकरणका लागि गाउँपालिकाहरूको भूमिका निर्णायक बन्दै गएको छ। संघीय शासन व्यवस्थाको कार्यान्वयनपछि गाउँपालिकाहरूले स्थानीय विकास, सेवा वितरण, सुशासन र नागरिक सहभागितालाई बलियो बनाउने दिशामा उल्लेखनीय काम गर्दै आएका छन्। 

अध्यक्ष पाण्डेले भन्नुभयो, गाउँपालिकाको अधिकार, स्रोतसाधन, नीतिगत चुनौती र आगामी योजनाबारे खुलेर आफ्नो विचार राखनु भयो। उहाँका अनुसार, स्थानीय सरकारलाई सशक्त बनाउन संघीय र प्रदेश सरकारबीचको समन्वय अझ प्रष्ट र परिणाममुखी हुन आवश्यक छ। “गाउँपालिकाहरू नागरिकसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन्, त्यसैले विकासका प्राथमिकता निर्धारणदेखि कार्यान्वयनसम्म स्थानीय तहलाई अग्रभूमिमा राखिनुपर्छ,” उहाँको भनाइ छ।

हुप्सेकोट गाउँपालिकाले कृषिमा आत्मनिर्भरता, पर्यटन प्रवर्द्धन र महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय पहल गरिरहेको अध्यक्ष पाण्डे बताउनुहुन्छ। उहाँले विशेषगरी महिला नेतृत्वले गाउँ विकासमा ल्याएको सकारात्मक परिवर्तनबारे पनि जोड दिनुभयो।

“महिला नेतृत्वले नीति निर्माणमा संवेदनशील दृष्टिकोण ल्याएको छ । शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र सामाजिक समावेशीतामा यसको प्रत्यक्ष प्रभाव देखिन्छ,” अध्यक्ष पाण्डेले बताउनुभयो।

संवादको क्रममा उहाँले महासंघको भूमिकाबारे पनि चर्चा गर्दै भन्नुभयो । “गाउँपालिका राष्ट्रिय महासंघले देशभरका स्थानीय सरकारबीच साझा आवाज बनाउने काम गर्दै आएको छ। अबको लक्ष्य हो । नीतिगत अधिकारहरू थप विस्तार गर्नु र स्थानीय स्रोतसाधन परिचालनमा स्वायत्तता सुनिश्चित गर्नु।”

अन्त्यमा, अध्यक्ष पाण्डेले स्थानीय जनप्रतिनिधिहरूबीच सहकार्य, नीति निरन्तरता र पारदर्शी शासनको आवश्यकता दोहोर्याउँदै भन्नुभयो । “स्थानीय सरकार सुदृढ भयो भने मात्र संघीय गणतन्त्रको सपना पूरा हुन्छ।”

पुरा कार्यक्रम; स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियोआहा 104.5 MHz,  www.radioaaha.com सामाजिक सञ्जाल फेसबुकर/रेडियोआहा,  टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकै साथ सुन्न सकिन्छ ।

 

 

ads
ads
add
banner add

सम्बन्धित खबर