सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

banner add
writter
शनि, २० मंसिर २०८२
(Shares)

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार राति सम्पन्न भएकाे खेलमा लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएकाे थियाे । जनकपुरका लागि संगिथ कोरेले अविजित ४५ रन जोड्दा मयान यादवले अविजित २७ रनको योगदान दिएका थिए ।

बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २/२ विकेट लिएबका हुन्। जवाफमा १ सय ३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३४ रन जोड्दा अष्ट्रेलियन खेलाडी डि आर्सी शर्टले ३० रनको योगदान दिए ।

विराटनगरका संगिथ कोरेले ३ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । ८ टोली सहभागी प्रतियोगितामा सुदुरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र विराटनगर किंग्स यसअघि नै प्लेअफमा पुगिसकेका हुन्। लुम्बिनीको शुक्रबारको जितसँगै चितवन राइनोज, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स समूह चरणबाटै बाहिरिएका छन्।

कर्णाली याक्स पनि यसअघि नैं समूह चरणबाट बाहिरिसकेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर