आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

मदाने गाउँपालिकाको विकास दृष्टि : अध्यक्ष महेन्द्रबहादुर कुँवरसँग प्रत्यक्ष संवाद

banner add
writter
बुध, ०३ मंसिर २०८२
(Shares)

स्थानीय सरोकार:  रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।

आजको अतिथि मदाने गाउँपालिकाका अध्यक्ष - महेन्द्रबहादुर कुँवर हुनुहुन्छ । स्थानीय विकासका मुद्दा, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवादको क्रममा  राप्ती  गाउँपालिकाका अध्यक्षले हालसम्मका उपलब्धि र प्राथमिकताहरूलाई अन्तरक्रिया कार्फत गर्नुभयो।

“स्थानीय सरोकार” केवल एक कार्यक्रम होइन; यो जनताको भावना, अपेक्षा र स्थानीय विकासको दिशानिर्देशक मञ्च हो। यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र विकासको गति तीव्र बनाउने अपेक्षा राख्दछ।

मदाने गाउँपालिकाको समग्र विकास, सार्वजनिक सेवामा पारदर्शिता, र स्थानीय आवश्यकता अनुरूपका नीतिगत पहलकदमिहरूका सन्दर्भमा अध्यक्ष अधिकारीसँग भएको प्रत्यक्ष संवादले धेरै महत्वपूर्ण प्रश्नहरू उजागर गरेको छ।

स्थानीय तह सशक्तिकरण र जनताको प्रत्यक्ष सरोकारलाई केन्द्रमा राखेर गरिएको यो कुराकानी गाउँपालिकाको विकास–यात्राको एक महत्वपूर्ण प्रतिविम्ब हो।
स्थानीय शासनको प्रभावशीलता केवल योजनाको कागजी प्रतिबद्धतामा निर्भर हुँदैन; यसको परिणाम नागरिकको दैनन्दिन जीवनमा अनुभूत हुनुपर्छ। 

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले व्यक्त गरेको विकास दृष्टि पनि यसै आधारमा मूल्यांकन गर्नुपर्ने विषय हो। प्रत्यक्ष संवादमार्फत उहाँले प्रस्तुत गरेका प्राथमिकताहरू गाउँपालिकाको वर्तमान आवश्यकता र भविष्यका सम्भावनासँग जोडिएका देखिन्छन्, जुन सकारात्मक संकेत हो।

यी क्षेत्रहरू कुनै पनि स्थानीय तहका लागि अनिवार्य खम्बा हुन्। तर, सजिलो भनेकै चुनौतीरहित होइन। संसाधनको सीमितता, भौगोलिक कठिनाइ, जनशक्ति अभाव र नीति–निर्णयमा एकरूपता नहुनुले स्थानीय सरकारहरू निरन्तर परीक्षामा रहन्छन्।

मदानेले विकासको गति बढाउन खोजिरहँदा तीन तत्व निर्णायक बन्दै देखिन्छन् ।स्थानीय सहभागिता विकास योजनामा नागरिकको आवाज प्रत्यक्ष समावेश गरिनुपर्छ। अध्यक्ष कुँवरले समुदायसँग संवादलाई प्राथमिकता दिएको बताउनु उत्साहजनक हो। तर यो संवाद नियमित र संस्थागत रूपमै चलिरहन जरुरी छ।

पारदर्शिता र सुशासन विकास बजेट, योजना छनोट र कार्यान्वयन प्रक्रियामा पारदर्शिता देखापर्नैपर्छ। स्थानीय तहमा सुनियोजित निगरानी संयन्त्र अभाव हुँदा असमानता र अनियमितता देखा पर्ने सम्भावना उच्च हुन्छ। अध्यक्ष कुँवरको “सुशासन” दृष्टिकोण व्यवहारमै कसरी झल्किन्छ । यसले जनविश्वास निर्धारण गर्छ।

दीर्घकालीन सोचसहितको पूर्वाधार निर्माण रास्ता, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, कृषि सिंचाइ जस्ता पूर्वाधारले मात्र तत्कालिक सहजता होइन, भविष्यको समृद्धिकाे बाटो खोल्छ। योजनाहरू निर्वाचन अवधिभन्दा पर सोचेर बनाइएका छन् वा होइनन् ।यही कुरा सुदृढ विकासको वास्तविक मापन हो।

अध्यक्ष कुँवरले आधुनिक कृषि, व्यवस्थित बस्ती, गुणस्तरीय शिक्षा र स्वस्थ समाजको दिशामा लैजाने लक्ष्य राख्नु प्रशंसनीय छ। तर, लक्ष्यले मात्र परिणाम ल्याउँदैनकार्यन्वयनमा देखिने निरन्तरता, जनसहभागिता र पारदर्शिताले नै मदानेको विकासलाई अर्थपूर्ण बनाउनेछ।

मदाने गाउँपालिकाले आज रोजेको विकास यात्रा केवल एउटा स्थानीय प्रगतिको कथा होइन । यो स्थानीय सरकारको क्षमता, नेतृत्वको दृष्टि र नागरिकको विश्वास कसरी मिलेर काम गर्न सक्छन् भन्ने उदाहरण बन्नसक्छ। अध्यक्ष कुँवरले प्रस्तुत गरेको दृष्टिलाई व्यवहारमा बदल्ने जिम्मेवारी अहिले गाउँपालिकाको काधमा छ र यसको प्रतिफल जनता प्रत्यक्ष महसुस गर्न सक्छन् भने नै यो प्रतिबद्धता सार्थक बन्नेछ।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर