शुक्र, २० चैत २०८२ / April 3, 2026, Friday
शुक्र, २० चैत २०८२
Advertisement
banner add

‘बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा’ शिर्षकमा मेयर बालकृष्ण बस्नेतको खण्डन

banner add
writter
बिहि, २० कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/ सिन्धुपाल्चोक । ‘बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा’ शिर्षकमा मेयर बालकृष्ण बस्नेतले खण्डन गरेका छन् । हालसालै ‘बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा’ शीर्षकका समाचार प्रकाशित भएपछि नगरवासीबीच विभिन्न भ्रम र प्रश्न उत्पन्न भएकाे छ ।

यसबारे मेयर बस्नेतसँग हाम्रा स्थानीय सरोकार प्रतिनिधिले उक्ट सूचना र अख्तियारको छापाको बिषयमा मेयर बस्नेतलाई संम्पर्क गरेका थिए । उक्त बिषयलाई स्पष्ट पार्दै ती समाचारहरू तथ्यहीन र भ्रामक रहेको मेयर बस्नेतले दाबी गरेका छन्। उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरू नियमित अनुगमन र तथ्यसङ्कलनका क्रममा बाह्रबिसे आएका हुन्, जसलाई केही माध्यमहरूले ‘छापा’का रूपमा प्रस्तुत गराए उनले भने।

मेयर बस्नेतले नगरपालिकाको कामकाज पारदर्शी, कानुनी प्रक्रिया अनुसार कार्यपालिकाको बैठक र जनप्रतिनिधिहरूको साझा सहकार्यमा अगाडि बढिरहेको बताएका छन्।

भोटेकोसी जलविद्युत आयोजना अन्तर्गत रु ५ करोड रुपैयामा नगर अस्पताल निर्माणको लागि बजेट निकाशा भएको थियो । त्तकालिन विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ,  निवर्तमान मन्त्रीहरु कान्छाराम तामाङ, दिपक खड्काहरुकै पालामा यस क्षेत्रमा पर्ने 'हाई टेन्सन टावर'को मुअवजा अनुरुप आएको हो । 

नगर अस्पतालका डक्टर, नर्स र कर्मचारीको लागि क्वाटर निर्माण गरिएको मेयर बस्नेतले बताए ।भवन निर्माण र तलवभत्ता पनि यसैबाट दिदै आएका छै करिव ७५ लाख बढि खर्च भएको छ, अन्यको हिसाव सबै पार्दशी तरिकाले गरिएको उने दावी गरे ।

बस्नेतले नगरपालिकाले विगतदेखि नै आर्थिक अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको स्मरण गराउँदै सञ्चारमाध्यमहरूलाई समाचार प्रकाशन गर्दा आधिकारिक जानकारीको पुष्टि गर्न आग्रह गरेका छन्। उनले जनतामा भ्रम फैलाउने गतिविधिबाट नगरको प्रतिष्ठा र विकासको गति प्रभावित हुने बताए।

अनुसन्धान निकायको नियमित कार्यलाई ‘छापा’को रूपमा प्रस्तुत गर्नु पत्रकारिताको नैतिक मापदण्ड विपरीत ठहरिन्छ। जिम्मेवार पत्रकारिताले जनताको विश्वास बलियो बनाउँछ, जबकि अपुष्ट जानकारीले त्यसमा क्षति पुर्‍याउँछ भन्नेमा मेयरको जोड थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर