आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

अब, स्थानीय सरोकार छापा सँगै रेडियो आहा 104.5 MHz एकै साथ प्रसारण हुँदै

banner add
writter
शुक्र, २१ कात्तिक २०८२
(Shares)

स्थानीय सरोकार/ काठमाडौँ । सूचना र सञ्चार प्रविधिको युगमा हरेक माध्यमले आपसी सहकार्य गर्दै जनतालाई सत्य, सन्तुलित र स्थानीय जानकारी दिनु आजको आवश्यकता बनेको छ। यही सन्दर्भमा, स्थानीय सरोकार छापा संस्करण अब रेडियो आहा 104.5 MHz सँगै एकैपटक प्रसारण हुने भएको छ,  जुन स्थानीय पत्रकारिता र नागरिक आवाज सुदृढीकरणतर्फको उल्लेखनीय कदम हो।

“ विकास निर्माण, समृद्धि र पुनःनिर्माणमा स्थानीय सरकारको बलियो आधार”- स्थानीय सरोकार नाराका साथ छापा पत्रिका स्थानीय सरोकार विगत दुई बर्ष पुरा गरी तेस्रोबर्षमा प्रवेश  गरेको छ ।

यसै सन्दर्भमा निगरानी दैनिक मिडियाद्वारा प्रकाशित छापा स्थानीय सरोकार र अनलाइन पोर्टल निगरानी दैनिक प्रशारण हुदै आएकोमा अब, थप जिम्मेबारीका साथ रेडियो आहा 104.5 MHz एकै साथ प्रसारण हरेक दिन बिहान ६ः३० देखि ७ः०० बजेसम्म जीवन शर्माको साथमा रेडियो आहा 104.5 MHz मा अन्तरक्रियात्मक कार्यक्रम प्रसारण हुनेछ ।

रेडियो र छापाको संयुक्त प्रयासले ग्रामीण क्षेत्रदेखि शहरी बस्तीसम्मका नागरिकलाई आफ्नो सरोकारका मुद्दा सुन्ने र बुझ्ने नयाँ माध्यम प्रदान गर्नेछ। लिखित समाचार पढ्ने समय नपाउनेका लागि रेडियोमार्फत जानकारी पुग्नेछ भने, रेडियोमा सुनेको समाचारलाई छापामा विस्तारपूर्वक पढ्ने अवसर पनि मिल्नेछ।

रेडियो आहा 104.5 MHz का सञ्चालक हेम सुवेदीले शुभ-कामना दिदै भन्नु भयो; सञ्चारका दुई माध्यमबीचको यस्तो सहकार्यले स्थानीय लोकतन्त्र, जवाफदेहिताको अभ्यास र नागरिक सहभागिता बढाउनेछ। स्थानीय तहका नीति, योजना र सेवाबारे जनचासो जगाउन पनि यसले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

हामी विश्वास गर्छौं, यो सहकार्यले स्थानीय समाचारको विश्वसनीयता र प्रभाव दुवैलाई उचाइमा पुर्‍याउनेछ, र नागरिक पत्रकारिताको नयाँ अध्यायको सुरुवात हुनेछ सुवेदीले भन्नु भयो।

ads
ads
add
banner add

सम्बन्धित खबर