शुक्र, २० चैत २०८२ / April 3, 2026, Friday
शुक्र, २० चैत २०८२
Advertisement
banner add

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या बढ्यो

banner add
writter
मङ्गल, १६ मंसिर २०८२
(Shares)

स्थानीय सरोकार: मुस्ताङमा तापक्रम तीव्र गतिले घट्न थालेसँगै बालबालिकामा निमोनियाका घटनाहरू बढ्न थालेका छन्। हिउँदयाममा चिसोबाट जोगिन विशेष सावधानीका उपाय अपनाउन नसक्दा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा भर्ना भएर सेवा लिनेमध्ये ८० प्रतिशतभन्दा बढी बालबालिका छन् ।

अस्पतालबाट चालु आवको साउनमा ७४९, भदौमा ६०९, असोजमा ५७० र कात्तिकमा ४८८ जनाले बहिरङ्ग ९ओपिडी० सेवा लिएका छन् । साउनमा १८, भदौमा ३७, असोजमा ३७ र कात्तिकमा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा कँडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार मङ्सिर १५ गतेसम्ममा २८ जना बिरामीले भर्ना भई सेवा लिइसकेका छन् ।

पन्ध्र श्ययाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको सङ्ख्या दिनहुँ वृद्धि भइरहँदा प्रभावकारी उपचारमा समस्या हुनुका साथै श्यया अभाव भएको उहाँको भनाइ छ । 

बालबालिकामा रुघाखोकी लाग्ने, स्वाशप्रश्वासमा समस्या, स्वाँस्वाँ हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउनेलगायत समस्या देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले जानकारी दिनुभयो । अधिकांश रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर आउनेमध्ये ८० प्रतिशत जति १० वर्ष मुनिका बालबालिका रहेका उहाँले उल्लेख गर्नुभयो । 

हिमाली भू–भागमा चिसो मौसम सामान्य भए पनि पछिल्लो वर्षको जाडो औसतभन्दा बढी कडा देखिएको छ, जसको प्रत्यक्ष असर कमजोर प्रतिरोधात्मक क्षमता भएका बालबालिकामा परेको छ।

स्वास्थ्य संस्थाहरूमा सामान्य ज्वरो, खोकी, छाती दुख्ने, श्वास फेर्न कठिनाइजस्ता लक्षण लिएर आउने बालबालिकाको संख्या बढ्दो छ। ग्रामीण बस्तीमा झन् समस्या गम्भीर देखिएको छ, जहाँ स्वास्थ्य सेवा पहुँच, न्यानो कपडा र प्राथमिक उपचारका सामग्री अभाव देखिन्छ। समयमै उपचार नपाउँदा सहजै जटिलता निम्तिने भएकाले स्थानीय अभिभावकहरू अत्यन्तै चिन्तित छन्।

यस अवस्थाले स्थानीय सरकार र स्वास्थ्य निकायलाई सचेत र सक्रिय बन्नुपर्ने आवश्यकता देखाएको छ। चिसो मौसममा बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई सचेतना, विद्यालयमा न्यानो वातावरण, जोखिमयुक्त बस्तीमा स्वास्थ्य किट वितरण, र घरघरमै पुगेको स्वास्थ्य सेवा अत्यन्तै आवश्यक छ।

निमोनिया रोकथामका लागि आवश्यक खोप, न्यानो बसोबास, पोषणयुक्त भोजन र चाँडै उपचारको पहुँच सुनिश्चित गर्नु स्थानीय तहको प्राथमिकतामा पर्नुपर्ने विषय हो। समस्याको समयमै पहिचान र प्रभावकारी हस्तक्षेप नहुँदा साना बालबालिकाको स्वास्थ्य जोखिम झन् बढ्न सक्छ।

कडा जाडो सुरु हुँदै गर्दा मुस्ताङका बालबालिकालाई सुरक्षित राख्न स्थानीय सरकार, स्वास्थ्यकर्मी, विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर