सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

आइपिएलमा धोनीको सहभागितामा प्रश्नचिन्ह

banner add
writter
आइत, १५ चैत २०८२
(Shares)

एजेन्सी – चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनी आइपिएलका सुरुवाती आफ्नो खेलमा उपस्थित रहन सक्ने जनाएको छ।

आइपिएल २०२६ को पहिलो खेल आज बिहान जारी गरेको विज्ञप्तिका अनुसार धोनी मांसपेशी दुखाइबाट गुज्रिरहेका छन् । यस कारण उनी लिगको सुरुवाती खेलमा उपस्थित नहुन सक्छन्। चेन्नई सुपर किंग्सको पहिलो खेल सोमवार गुवाहाटीमा राजस्थान रोयल्ससँग छ।

धोनी यो वर्ष ४५ वर्षका हुँदैछन् । चेन्नईमा रहेका ४ विकेट किपरमध्ये धोनी एक हुन्। अन्य विकेट किपरहरूमा संजू साम्सन, कार्तिक शर्मा र उर्विल पटेल छन्। २ सय ७८ खेल खेलिसकेका धोनी आइपिएलका सबैभन्दा अनुभवी खेलाडी हुन्।

पछिल्ला केही वर्षमा धोनीले घुँडाको चोटको सामना गर्दै आएका भए पनि टोलीमा नियमित रूपमा खेलेका छन् । सन् २०२३ मा उनको कप्तानीमा टोलीले पाँचौं उपाधि जितेको थियो।

धोनीको अनुपस्थितिमा पहिलो दुई हप्तामा चेन्नईले राजस्थानपछि पञ्जाब किंग्स , रोयल च्यालेन्जर्स बेङ्गलुरु र दिल्ली क्यापिटल्ससँग खेल्नेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर