सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रहेको आरोपमा रास्वपाका नेता कँडेल पक्राउ

banner add
writter
शुक्र, ०६ भदौ २०८२
(Shares)

काठमाडौं, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नेपाल र भारतका विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

चितवनको कालिका नगरपालिका ५ पदमपुरका कँडेललाई गत भदौ ४ गते रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको हो । हाल उनलाई रुपन्देही लगिएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान भइरहेको बताए ।

रूपन्देही प्रहरीले बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो ।

यादवको बयानको आधारमा कँडेललाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीले विश्वविद्यालयका नक्कली सर्टिफिकेट बनाउन प्रयोग हुने सामाग्रीहरुसमेत बरामद गरेको थियो ।

ads
ads
add
banner add

सम्बन्धित खबर