शुक्र, २० चैत २०८२ / April 3, 2026, Friday
शुक्र, २० चैत २०८२
Advertisement
banner add

सडक निर्माण विवाद : कम्पनी मालिक को? तौफिक निर्दोष रहेको दाबी

banner add
writter
सोम, ११ फागुन २०८२
(Shares)

निगरानी ब्यूरो/बुटवल। बुटवल–गोलपार्क सडकमा १६ महिनामा ५४.०३% मात्रै प्रगति भएको प्रतिवेदनमा उल्लेख छ ।रुपन्देही क्षेत्र नम्बर–५ का उम्मेदवार तथा तौफिक खाँले बाबुल निर्माण सेवा र दर्शन मालिका निर्माण सेवा आफ्नो नाममा नरहेको प्रमाणमा स्पष्ट देखिन्छ। अन्य व्यक्तिको नाममा दर्ता रहेको कम्पनीसँग आफ्नो नाम जोडेर प्रचार गर्नु चुनावी प्रतिशोध भएको उनको दाबी छ।

पछिल्लो समय बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक निर्माण अलपत्र पारिएको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदै आएका छन्। ती समाचारमा निर्माण कम्पनीसँग खाँको प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरिए पनि कम्पनी दर्ता विवरणमा उनको नाम नदेखिएको पुष्टि भएको छ।

 को हुन त कम्पनीका मालिक ?

बाबुल निर्माण सेवाका सञ्चालक सफिक अहमद हुन्, तर केही महिना अघि उनको निधन भए पश्चात् उक्त फर्म सफिकको छोरा नफिस खाँको नाममा दर्ता रहेको जानकारहरु बताउँछन्। बुटवल राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक निर्माणमा बाबुल निर्माण सेवा लिड पार्टनर र दर्शन मालिका सहायक पार्टनरका रूपमा छन्। दर्शन मालिका कम्पनीका सञ्चालक नेपाल निर्माण उद्योग परिषद् रुपन्देहीका अध्यक्ष राजन ज्ञवाली रहेका छन्।

पहिलो ठेक्का तोडिएपछि दोस्रो सम्झौता

२०७३ सालदेखि सुरु भएको उक्त सडक निर्माणको पहिलो ठेक्का काठमाडौँस्थित ‘द कञ्चनजङ्घा बिरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा लिएको थियो। तर ८ वर्षमा जम्मा ५४.०३ प्रतिशत काम मात्रै सम्पन्न भएपछि सडक डिभिजन कार्यालय बुटवलले मिति २०८१ वैशाखमा ठेक्का तोडेको हो।मिति २०८१ असोज १८ गते ‘ बाबुल दर्शन मालिका जेभीसँग नयाँ ठेक्का सम्झौता गरिएको थियो। अघिल्लो कम्पनीले बाँकी छाडेको ४५.०७ प्रतिशत कामलाई १०० प्रतिशत मानेर एक वर्षभित्र सम्पन्न गर्ने गरी भ्याटसहित ३३ करोड रुपैयाँमा सम्झौता भएको हो।

१६ महिनामा ५४.०३ प्रतिशत मात्रै काम

नयाँ ठेक्का सम्झौता भएको १६ महिना बितिसक्दा पनि जम्मा ५४.०३ प्रतिशत काम मात्रै सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सरद आचार्यले जानकारी दिए। थप गरिएको ६ महिनाको म्याद पूरा हुन अब डेढ महिना मात्र बाँकी छ।

कार्यालय प्रमुख मिश्रका अनुसार मुख्य लेनको करिब ६ सय मिटरमा सब–बेसको काम बाँकी छ भने १२ सय मिटरमा माथिल्लो कालोपत्रे गर्न बाँकी छ। दुवैतर्फको सर्भिस लेनमा नाली निर्माण र रेलिङ जडान कार्य अपूरो छ। फुटपाथको अधिकांश भागमा टायल बिछ्याउने काम भने सम्पन्न भइसकेको जनाइएको छ।

निर्माण कम्पनीले हालसम्म ३ करोड रुपैयाँ पेस्की र थप १३ करोड गरी कुल १६ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ। निर्माण व्यवसायी नफिस खाँले मेट्रियल अर्थात नदिजन्य वस्तुको अभावका कारण केही ढिलाइ भएको स्वीकार गर्दै काम निरन्तर रहेको बताएका छन्। यसबारे बुटवल उपमहानगरपालिकासँग पनि सहयोगका लागि प्रस्ताव गरिएको जनाइएको छ।

स्थानीयमा आक्रोश, स्वास्थ्य र व्यापार प्रभावित

लुम्बिनी प्रादेशिक अस्पतालदेखि राजमार्ग चौराहासम्म फैलिएको यो सडक खण्डमा दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। सर्भिस लेनतर्फ नाली खनेर छाडिँदा र कालोपत्रे अधुरो रहँदा धुलोको समस्या चर्किएको छ। यसले स्थानीय बासिन्दा, व्यवसायी र बिरामीहरू प्रभावित बनेका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर