आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने

banner add
writter
शनि, २२ कात्तिक २०८२
(Shares)

काठमाडौं । पछिल्लो समयका व्यस्त नायक सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। लामो समयदेखि अभिनय र मनोरञ्जन क्षेत्रमा सक्रिय बलेले अहिले निर्माणतर्फ पनि पाइला चालेका हुन्।

उनले निर्माण गर्न लागेको फिल्म आउँदो वैशाखपछि छायाङ्कनमा जाने तयारीमा छ। फिल्मको नाम र कलाकारको टिमबारे भने अहिले गोप्य राखिएको छ। स्रोतका अनुसार फिल्मको प्रारम्भिक तयारी तीव्र रूपमा भइरहेको छ र बले यसलाई आफ्नै शैलीमा फरक धारको फिल्म बनाउने योजनामा छन्।

यतिबेला बले ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको छायाङ्कनमा व्यस्त छन्। उक्त फिल्मको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिनेछन्। ‘पाँच पाण्डव’ पछि पनि उनी दुई अन्य फिल्ममा अनुबन्धित भइसकेका छन्, जसले उनको व्यस्ततालाई झनै बढाएको छ।

सागर लम्सालको कुरा गर्दा, उनी टेलिसिरियल ‘भद्रगोल’ बाट परिचित भएका हुन्। भद्रगोलमा ‘बले’ को भूमिकाबाट चर्चामा आएका उनले त्यसपछि ‘सक्किगोनी’ मा पनि त्यहीँ पात्र निरन्तरता दिएर दर्शकको मन जिते। त्यसयता उनले थुप्रै फिल्म र सयौं म्युजिक भिडियोमा अभिनय गर्दै आफूलाई बहुआयामिक कलाकारका रूपमा स्थापित गरिसकेका छन्। अब उनी अभिनयसँगै निर्माणको भूमिकामा समेत सक्रिय हुँदैछन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर