बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

'सरोकार केन्द्र' द्धारा साइबर अपराध न्यूनिकरण एवम् बैदेशिक रोजगार ठगी रोकथाम जनचेतना मूलक प्रशिक्षण सम्पन्न

banner add
writter
मङ्गल, ०२ असार २०८३
(Shares)

सन्धुपाल्चोक/स्थानीय सरोकार । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा बिहिबार देखि शुक्रबार सुरु भएको ‘स्थानीय सरोकार विषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। 

सरोकार केन्द्र द्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको दुई दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम शुक्रबार बिधिवद सम्पन्न भएको हो। 

गाँस, बास, कपास, सजिव एवम् निर्जीवहरुको हकहितका लागि स्थापना भएको गैरनाफामुलक संस्थानक स्थापना भएको सरोकार केन्द्र भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन तिन सेसन कार्यक्रम भएको थियो। 

जसमा गाउँपालिकाको कार्यसम्पादन/मूल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगि, बढ्दो साइबर अपराध नियन्त्रणमा बर्तमान रुप अबस्था, यस्ता अपराधबाट कसरी बच्ने ? तथा नमुना गाउँपालिका कसरी सवलीकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। 

जसमा प्रशिक्षकका रुपमा नेपाल प्रहरीका विषयविज्ञ अब्बल प्रहरी कर्मचारीहरू  वर्षसम्म कानुन कार्वान्यवन निकायमा काम गरेका कानुनी दिएका थिए। प्रशिक्षकका रुपमा नेपाल प्रहरी नायव उपरिक्षक  साइबर ब्यूरो भोटाहिटीका इन्जिनियर/विषयविज्ञ प्रहरी निरिक्षक दिपा आदित्य राज बिष्ट, कानुनी अघिवक्ता एवम् सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार एवम् सरोकार केन्द्र कार्वाहक अध्यक्ष नारायण पन्थि, पाँचपोखरी थाङ्पाल गाउपालिका अयक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, प्रवक्ता एवम् वडा नं. ६ का वडा अध्यक्ष नारायण भट्टराई, वडा नं. ५ का वडा अध्यक्ष काले गोले विभिन्न स्थानीय सरकारका विभागीय निजामती कर्मचारीहरु, थाङ्पाल गाउँपालिका विभिन्न विद्यालयका विद्यालय व्यावस्थापक अध्यक्षहरु, विभिन्न विद्यालयका विद्यालय प्रधानध्यापकहरु, शिक्षक शिक्षिकाहरु, समाजसेवी महेश चालिसे, सञ्चारकर्मी दिपकराज जोसी, विभिन्न संघ संस्थामा  आवद्ध वुद्धिजिवीहरु, सहभागी महिलाहरु, समाजका दिग्गज भ्रद्धमान्य जन लगाएत विभिन्न विद्यालयका शिक्षक/शिक्षिकाहरु विद्यालयका कर्मचारीहरु एवम् छात्र/छात्रहरुको उपस्थिति रहेको थियो ।

जस अन्तरर्गत पहिलो दिन पाँचपोखरी थाङपाल गापाका जनप्रतिनिधी निजामति कर्मचारी, बुद्धिजीवी, सरोकारवाला स्थानीय तहमा कार्यरत सुरक्षाकर्मीहरू तथा स्थानीयहरूलाई अन्तरर्गत सञ्चारकर्मी जीवन शर्माले संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष टासी लामा, विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमण कुँइकेल, गाउँपालिकाका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष नारायण भट्टराई उपस्थित थिए। 

यस्तै, गाउँपालिकाका वडाध्यक्षहरू काले गोले, वडाका वडा सचिवहरू, पालिकाका विभिन्न विभागीय प्रमुख, कार्यापालिका सदस्य तथा कर्मचारीहरू, पालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरू, लगायतको उपस्थिति थियो। 

गाउँपालिकाका अध्यक्ष टासी लामाले कार्यक्रमका स्थानीय पालिका र पालिकावासीको बिकास, सम्बृद्धि र क्षमता अभिबृद्धिका साथै सम्भावित अपराध न्यूनीकरणका निम्ति निकै महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे।

ads
ads
add
banner add

सम्बन्धित खबर