आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

उज्यालो रङ्गशाला बन्दै त्रिवि मैदान

writter
आइत, ०४ साउन २०८२
(Shares)

काठमाडौँ, साउन ४ गते । पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर/जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ । 

जब नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुन्छ तब कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा विश्वभर फैलिन्छ । अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकहरूले खचाखच भरिने त्रिविको यो खेलमैदान क्रिकेट मैदानका रूपमा परिचित भएको छ ।

टिकट काटेर पनि भुइँमा बसेर खेल हेर्न नपाउने क्रिकेटप्रमीहरू रुखमै चढेर हेरेका दृश्य पनि छन् । क्रिकेटको यो ‘क्रेज’ बुझ्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा यो मैदान यतिखेर तीव्र रूपमा स्तरीय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा परिणत हुँदै छ । 

वर्तमान सरकार गठन भएपछि मन्त्रीपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लडलाइट (उच्च प्रकाश क्षमताको बत्ति) सहितको रङ्गशाला बनाउने निर्णय गरेको थियो । 

प्रधानमन्त्रीको निर्देशनपछि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण कार्य र फ्लडलाइट जडानको काम २०८१ फागुन २१ गते सम्झौता भई २०८२ वैशाख २४ गतेभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको थियो ।

समयमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री ओलीले यही असार मसान्तभित्र जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो ।  प्रधानमन्त्रीको यो हुटहुटीबिच पनि स्तरोन्नतिको काम समयमा सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालयले ठेकेदार पक्षलाई जरिबाना तिराएको छ । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले प्रतिदिन ०.०५ प्रतिशतले जरिबाना तिर्ने गरी काम गर्ने सहमति भएको बताउनुभयो । 

ads

सम्बन्धित खबर