सोम, २२ भदौ २०८३ / September 7, 2026, Monday
सोम, २२ भदौ २०८३
Advertisement
banner add

खैरो हेरोइनसहित दुई जना धनुषाबाट पक्राउ

banner add
writter
सोम, २२ भदौ २०८३
(Shares)

काठमाडौँ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट प्रहरी निरीक्षक राकेश कुमार यादवको नेतृत्वमा खटिएको विशेष टोलीले धनुषाबाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट १९७.४४० ग्राम खैरो हेरोइन तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत, बिहार राज्य मधुबनीका २७ वर्षीय संजित कुमार राम र धनुषाको शहीदनगर नगरपालिका-१० का २६ वर्षीय रोकेश राम रहेका छन्।

प्रहरीका अनुसार भारतको मधुबनीबाट लागूऔषध खैरो हेरोइन खरिद गरी मधेश प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्ने उद्देश्यले ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

ब्युरोका अनुसार भारतको मधुबनीबाट खैरो हेरोइन खरिद गरी मधेश प्रदेशका विभिन्न जिल्लामा बिक्री वितरण गर्न ल्याउँदै गरेका व्यक्तिहरूलाई धनुषाको मिथिला नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको

ads
ads
add
banner add

सम्बन्धित खबर