बुध, ०२ वैशाख २०८३ / April 15, 2026, Wednesday
बुध, ०२ वैशाख २०८३
Advertisement
banner add

लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय: दुई स्थानबाट दुई पक्राउ

banner add
writter
शुक्र, २७ चैत २०८२
(Shares)

सिन्धुली, दुधौली नगरपालिका-१० सिर्जनानगरबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित उदयुर कटारी नगरपालिका-८ आहाले बस्ने ३७ वर्षीय टेक बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले दमकबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५४ नम्बरको हायसलाई जाँच गर्दा हायसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, हरिनगरा गाउँपालिका-२ भुटाहा बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ट्याब्लेट सहित सोही गाउँपालिका-६ बस्ने २१ वर्षीय अबजल अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे.८ प ५८७० नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर