बुध, ०२ वैशाख २०८३ / April 15, 2026, Wednesday
बुध, ०२ वैशाख २०८३
Advertisement
banner add

टिकटकरको जाहेरीले एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ

banner add
writter
शनि, १४ चैत २०८२
(Shares)

ललितपुर । टिकटकर युवतीसँग लिभिङ टुगेदरमा बस्दै आएका एमाले नेता कर्णबहादुर मल्ल जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका–१० स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरी–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई जिल्ला प्रहरी परिसर, ललितपुरले शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार कालिकोटकी एक टिकटकर युवतीसँग मल्ल लिभिङ टुगेदरमा बस्दै आएका थिए। विवाह नगर्ने विषयमा दुवैबीच विवाद हुँदै आएको बताइएको छ।

पीडित युवती कार्कीले फागुन ४ गते मल्लविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्। पक्राउ नपरेको भन्दै उनी माइतीघर मण्डलामा धर्नामा समेत बसेकी थिइन्।

केही समय लुक्दै र फरार रहँदै आएका मल्ललाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

ads
ads
add
banner add

सम्बन्धित खबर