सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

सोफा किन्दा १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर, तारालालले दिए बधाई

banner add
writter
बुध, १९ कात्तिक २०८२
(Shares)

काठमाडौं । सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँ’ले ल्याएको ‘दशैं तिहार झड्का’ अफरको विजेता घोषणा गरेको छ ।

मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ ‘लक्की ड्र’मार्फत थाइल्याण्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो ।

जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतिक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिए ।

कम्पनीले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो ।

उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय र आधुनिक डिजाइनका फर्निचरहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।

ads
ads
add
banner add

सम्बन्धित खबर