मङ्गल, १० कात्तिक २०८३ / October 27, 2026, Tuesday
मङ्गल, १० कात्तिक २०८३
Advertisement
banner add

गाँजा र ब्राउनसुगरसहित चार जना पक्राउ

banner add
writter
मङ्गल, १० कात्तिक २०८३
(Shares)

काठमाडौं । अवैध लागूऔषध गाँजा र ब्राउनसुगरजस्तो देखिने पदार्थसहित प्रहरीले मकवानपुर, बाँके र धनुषाबाट चार जनालाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बैसाली, महुवा टोलका २५ वर्षीय बिर्जुकुमार राय र २६ वर्षीय मन्जयकुमार राय रहेका छन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी जाँच गर्ने क्रममा १९ वटा पोकामा राखिएको गाँजा बरामद गरेको हो। प्रहरीले गाडीका चालक बिर्जुकुमार र गाडीमा सवार मन्जयकुमारलाई पक्राउ गरेको जनाएको छ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने ३५० मिलिग्राम पदार्थसहित ३२ वर्षीय दुखराम थारु पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरसमेतबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।

धनुषाको शहीदनगर नगरपालिका–१ भगबन टोलबाट २ किलो ४७० मिलिग्राम गाँजासहित ४० वर्षीया प्रमिला देवी मण्डल पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा गाँजा फेला पारेपछि मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि अवैध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर