नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले पुस २३ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सिफारिसको पहिलो नम्बरमा विशेष सुरक्षा गण, कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह रहेका छन्। त्यसपछि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिसमा परेका छन्।