सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

बालुवाटारमा सर्वदलीय बैठक सुरु : छलफल आगामी निर्वाचनमा केन्द्रित हुने

banner add
writter
मङ्गल, ०४ कात्तिक २०८२
(Shares)

काठमाडौँ : आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवासमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्त पार्टी, नेपाल मजदुर किसान पार्टी, र जनमत पार्टीलगायतका १० भन्दा बढी राजनीतिक दलका नेताहरू सहभागी छन्।

प्रधानमन्त्री सचिवालयका अनुसार, बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरूका साथै विघटित संसद्मा प्रतिनिधित्व गरेका अन्य दलका प्रतिनिधिहरू पनि उपस्थित छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाश शरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका छन् ।

पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिक सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर