आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

व्यक्तिगत घरकर्जामा बैंकले ८० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने

writter
बिहि, ०१ साउन २०८२
(Shares)

काठमाडौं । नेपाल राष्ट्र बैंक घरजग्गा कर्जामा लचक भएको छ । अब तीन करोड रुपैयाँसम्मको आवासीय घरमा बैंक तथा वित्तीय संस्थाहरूले ८० प्रतिशतसम्म ऋण लगानी गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गरी पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई यस्तो गरेको हो । 

ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा तीन हजार वर्ग फिटसम्मको घर वा अपार्टमेन्ट हुनुपर्ने छ । बैंक तथा वित्तीय संस्थाबाट यसपूर्व घर तथा अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गरेर मात्र ऋण लगानी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यस सुविधाअन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको स्रोतको रूपमा देखाउन नपाइने, कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउनुपर्ने भएको छ । 

ads

सम्बन्धित खबर