सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

७ अर्ब ३ करोड ५४ लाख बढीकाे काराेबार

banner add
writter
मङ्गल, ०९ मंसिर २०८२
(Shares)

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार ४७ दशमलव २२ अंकले बढेको छ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव ८१ प्रतिशतले बढेर २ हजार ६ सय ४७ दशमलव ४४ अंकमा पुगेको हाे। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८४ अंकले बढेर ४ सय ५६ दशमलव १३ अंकमा पुगेको छ। नेप्से परिसूचकसँगै कारोबार रकमसमेत बढेको हाे।

कूल ३ सय ३० कम्पनीको १ करोड ४२ लाख ४ हजार ३ सय ६२ कित्ता शेयर ७ अर्ब ३ करोड ५४ लाख ८० हजार १ सय ३६ मा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबार भएका सबै समूहका उपसूचकहरु बढेका छन् । 

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको हाे। सोही कम्पनीको शेयर २४ करोड ८१ लाख ५१ हजार ५ सय ४६ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेकाे छ। झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेकाे हाे ।

त्यस्तै, सागर डिस्टिलरी लिमिटेड, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेक इन्ड्रष्टी लिमिटेडका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन्। कारोबारमा मविलुङ इनर्जी लिमिटेडको लगानीकर्ताले ४ दशमलव ४४ प्रतिशतले गुमाकाे नेप्सेले जनाएकाे हाे।

ads
ads
add
banner add

सम्बन्धित खबर