सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

banner add
writter
शनि, ०७ भदौ २०८२
(Shares)

 स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा  संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रूपान्तरणका लागि  सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए। 

"मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि  नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ," उनले भने अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर  बत्तीको उज्यालोले मात्रै पुग्दैन,  देशको  हरेक क्षेत्रमा उज्यालो हुनुपर्‍यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए। "म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो , अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ।  पाँच गुना बढी उत्पादन भई रहेको छ।  अरू हजारौँ मेगावाटका आयोजनाहरू निर्माणाधीन  छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौँ।  प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौँ।  आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए," घिसिङले भने।

"अहिले मुलुकका हरेक क्षेत्रमा अँध्यारो छन्।  अँध्यारो हटाएर,  आशा जगाउन, हरेक नेपालीको अनुहारमा उज्यालो छर्नु पर्छ भन्ने सङ्कल्पका साथ अगाडी बढेको  छु।  म खाडी मुलुकहरू, अमेरिका,   युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेन आइपुगेको छु। यो भ्रमणबाट मैले धेरै  बुझ्ने सिक्ने मौका पाएँ," उनले भने।

आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले  छिटो भन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौँ ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए । "प्रवासमा  साथीहरूले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठुलो सम्पत्ति हो।  ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नु पर्छ," उनले भने।

उनले छिट्टै आवश्यक कानुन ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए।  उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे।

कार्यक्रमको अध्यक्षता गरिरहेका  नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काका अध्यक्ष  केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए।  उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुख दुखमा सधैँ हातेमालो गर्दै आएको बताए। सन् २०१५ मा महाभूकम्पमा रकम सङ्कलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे।

कार्यक्रममा  एनआरएनए  कोष्टाव्लाङ्काका  अध्यक्ष   विपिन कुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए।   उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो। कलाकार सरोज लामिछानेले  साङ्गीतिक प्रस्तुति गरेका थिए।  विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश  पठाएको कार्यक्रम संयोजक असीम लोप्चन तामाङले बताए।  

ads
ads
add
banner add

सम्बन्धित खबर