बुध, ०९ वैशाख २०८३ / April 22, 2026, Wednesday
बुध, ०९ वैशाख २०८३
Advertisement
banner add

सरकारले जेनजी आन्दोलन दमन गरेकोप्रति सरोकार केन्द्रको आपत्ति

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

नेपालमा जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनलाई सरकारले दमन गरेको घटनाप्रति सरोकारकेन्द्रले गम्भीर आपत्ति जनाएको छ। आन्दोलनमा सहभागी युवामाथि राज्यशक्तिले गरेको बलप्रयोग अस्वीकार्य भएको भन्दै सरोकार केन्द्रले विज्ञप्ति जारी गरेको हो।

सरोकार केन्द्रका अध्यक्ष गोबिन्द पन्थीका अनुसार, शान्तिपूर्ण आन्दोलनलाई बलपूर्वक दबाउन खोज्नु लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथि ठाडो आक्रमण हो। उनले भने, “युवापुस्ताले आफ्नो भविष्य र देशकोपरिवर्तनका लागि उठाएका आवाजलाई सरकारले दमन गर्नु गम्भीर त्रुटि हो। यसबाट अमूल्य युवा जीवन गुमाउनुपरेकोमा हामी मर्माहत छौं।”

पन्थीले वीरगति प्राप्त सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। साथै उनले आन्दोलनकै क्रममा घाइते र बेपत्ता भएकाहरूको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनका अनुसार नागरिकको आवाजलाई बन्दुक वा लाठीद्वारा होइन, संवाद र सहमतिको बाटोबाट सम्बोधन गर्नु अहिलेको आवश्यकता हो। “युवापुस्ताको ऊर्जा, आकांक्षा र योगदानलाई दमन होइन, सकारात्मक बाटोमाउपयोग गरेर मात्र देशले प्रगति गर्न सक्छ,” अध्यक्ष पन्थीले भने।

ads
ads
add
banner add

सम्बन्धित खबर