शुक्र, १९ भदौ २०८३ / September 4, 2026, Friday
शुक्र, १९ भदौ २०८३
Advertisement
banner add

चालू खाता २७९ अर्बले बचतमा, २० महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

banner add
writter
मङ्गल, ०१ पुस २०८२
(Shares)

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनासम्मको अवधिमा चालु खाता दुई खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर