सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

रास्वपाबाट गुल्मी निर्वाचन क्षेत्र नं. १ र २ मा पूर्व दुई डीएसपीको चर्चा

banner add
writter
मङ्गल, २२ पुस २०८२
(Shares)

काठमाडौँ । आम निर्वाचन नजिकिँदै गर्दा गुल्मी जिल्ला राजनीतिक आकर्षणको केन्द्र बन्दै गएको छ। नेपाली कांग्रेसबाट पुराना नेता चन्द्र भण्डारी र नेकपा एमालेबाट प्रतीक ज्ञवाली प्रत्याशीका रूपमा मैदानमा रहँदा, दुवै निर्वाचन क्षेत्रमा पूर्व डीएसपीहरूको उम्मेदवारीले विशेष चर्चा पाएको छ।

गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट पूर्व डीएसपी, हाल अधिवक्ता तथा गुल्मी जिल्ला सभापति भोजराज पाण्डे उम्मेदवारका रूपमा अघि आएका छन्। त्यस्तै, गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टको समर्थनमा पूर्व डीएसपी, हाल अधिवक्ता तथा भिजिट भिसा प्रकरणमार्फत राष्ट्रिय स्तरमा चर्चा कमाएका गोविन्द पन्थी उम्मेदवार बन्न लागेका हुन्।

दुवै उम्मेदवार नेपाल प्रहरी सेवामा एउटै मितिमा प्रवेश गरी गत वर्ष एकैपटक अवकाश प्राप्त गरेका अधिकारी हुन्। प्रहरी सेवाकालमा संगठनात्मक अनुशासन, जनमुखी कार्यशैली तथा उत्कृष्ट कार्यसम्पादनका कारण उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू समेत प्राप्त गरेका थिए।

यदि यी दुवै पूर्व डीएसपीले निर्वाचनमा विजय हासिल गरेमा, गुल्मीको राजनीतिक इतिहासमा नयाँ रेकर्ड कायम हुने जानकारहरू बताउँछन्। उनीहरूको उम्मेदवारीले जिल्लावासीमा नयाँ उत्साह र अपेक्षा थपिएको देखिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर