काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबीचको छलफल सकिएको छ । उनीहरुबीच एमाले पार्टी केन्द्रीय कार्यालयमा झण्डै दुई घण्टा छलफल भएको थियो ।
छलफलका लागि पूर्व राष्ट्रपति भण्डारी करिब साढे ३ बजेतिर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी थिइन् । अध्यक्ष ओली भने करिब ४ बजेतिर कार्यालय आएपछि उनीहरूबीचको एक्लाएक्लै छलफल सुरु भएको थियो ।
