सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब

banner add
writter
सोम, ३० भदौ २०८२
(Shares)

काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै फिचर गायब भएको छ । पहिले सो एपमा सवारी चालक अनुमति पत्र सम्बन्धी अप्सन रहेकोमा हाल सो अप्सन नै छैन ।

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा मिनभवनमा रहेको यातायात व्यवस्था विभाग ध्वस्त भएको छ । सोही क्रममा विभागको भवनमा रहेका केन्द्रीय सर्भर सहितका सबै सामग्री ध्वस्त भएका छन् । यसको असर ड्राइभिङ लाइसेन्समा समेत परेको हो ।

यातायात सम्बन्धी सबै विवरणसहितको केन्द्रीय सर्भर विभागको मीनभवन कार्यालयमै थियो । केन्द्रीय सर्भर नै ध्वस्त भएपछि यातायात कार्यालयहरूमा ‘EDLVRS System’ चलेको छैन । देशभरका यातायात कार्यालयहरूले उक्त प्रणाली नचलेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेवा स्थगित गरेका छन् ।

सोही प्रणाली नागरिक एपसँग आबद्ध गरिएको थियो । मुख्य सर्भर नै ध्वस्त भएसँगै नागरिक एपबाट लाइसेन्सको अप्सन हटेको हो । 

नागरिक एपमा रहेको लाइसेन्स नै प्रयोग गर्न सकिन्थ्यो । ट्राफिक प्रहरीले कुनै कसुरमा सवारी चालकलाई कारबाही गर्नुपरे त्यहाँ रहेको क्यूआर कोडलाई आधार बनाउन सक्थे । साथै सवारी चालकले गरेका गल्ती र जरिबाना रकम तिरे नतिरेको रेकर्डसमेत हेर्न सकिन्थ्यो । तर, अहिले सवारी चालक अनुमतिपत्रको अप्सन नै हराएको छ । 

ads
ads
add
banner add

सम्बन्धित खबर