सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

असोज १ गतेबाट इम्बोस्ड नम्बर सबै प्रदेशमा अनिवार्य

banner add
writter
मङ्गल, २० साउन २०८२
(Shares)

काठमाडौं । सवारी साधनमा सबै प्रदेशमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समिति बैठकले यस्तो निर्णय गरेको हो ।

मंगलबार सम्पन्न बैठकले असोज १ गतेदेखि अनिवार्य रुपमा ईम्बोस्ड नम्बर जडान गर्ने/गराउने निर्णय गरेको हो ।

सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सो को कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर