काठमाडौँ २३ असार । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपिजि अटोमोबाइल्सले मनसुन लक्षित देशव्यापी ‘मनसुन चेक-अप क्याम्प’ योजना सार्वजनिक गरेको छ । यो विशेष सेवा(सर्भिसिङ) अभियान असार २५ देखि २७ गतेसम्म (तदनुसार ९ देखि ११ जुलाइसम्म) सञ्चालन हुनेछ, जसले देशभरका ग्राहकहरूलाई विभिन्न फाइदाहरू प्रदान गर्नेछ । चुनौतीपूर्ण अवस्थाहरूको लागि तयार पार्न र मनसुन सिजनमा गाडीहरूको उत्कृष्ट कार्यसम्पादन र सुरक्षा सुनिश्चित गर्न गाडी चेक-अप तथा मर्मत सेवाहरू प्रदान गर्ने उद्देश्यले ‘मनसुन चेक-अप क्याम्प’ ल्याइएको हो ।
यस चेक-अप क्याम्पमा सहभागी भई ग्राहकहरूले विभिन्न आकर्षक अफरहरूको लाभ लिन सक्नेछन् । सहभागीहरूले आफ्नो गाडीको सहजता र सुरक्षा कायम राख्नको लागि सर्भिसिङ जब र ब्रेक प्याड परिवर्तन गर्दा लेबर चार्जमा १००% छुट प्राप्त गर्न सक्नेछन् । साथै, टप वासमा १००% छुटसहित गाडीलाई चकमदार राख्न सक्नेछन् ।
ग्राहकहरूले सस्पेन्सन पार्ट्समा आवश्यक पाटपूर्जा रिप्लेसमेन्ट तथा फेरबदल गर्दा लेबर चार्जमा ५०% छुट प्राप्त गर्नेछन् । यसबाहेक, गाडीमा सामान्य बडी सप जबहरूमा १०% छुट र स्पेयर पार्ट्समा १०% छुटको लाभ लिन सकिनेछ । यी लाभहरूले गर्दा ग्राहकहरूको लागि मनसुनमा आवश्यक गाडी सर्भिसिङ तथा मर्मतकार्य अझ किफायती बनेको छ ।