आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

writter
बुध, २१ साउन २०८२
(Shares)

काठमाडौं, ३२ असार । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् ।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै रु ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै रु २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा रु १ लाखको ब्रान्ड डिल जितेका थिए ।

ads

सम्बन्धित खबर