सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

प्रधानमन्त्रीको भारत भ्रमण तय भएसँगै 'सीमा संयन्त्र'सहितका बैठकका निम्ति भारत तयार हुनुको अर्थ

banner add
writter
मङ्गल, ०६ साउन २०८२
(Shares)

भदौको अन्तिममा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमण घोषणासँगै दुई देशका गृहसचिवस्तरीय संयन्त्रको बैठक सुरु हुनु र सीमा संयन्त्र (बाउन्ड्री वर्किङ ग्रूप)को बैठक समेत तय हुनुलाई कूटनीतिक तथा सीमा मामिलाका जानकारहरूले अर्थपूर्ण भनेका छन्।

गृहसचिवस्तरीय दुईदिने बैठक मङ्गलवार नयाँ दिल्लीमा सुरु भएको छ भने सीमा संयन्त्रको बैठक जुलाई अन्तिम साताका निम्ति तय भएका विवरण आएको छ।

गृहसचिवस्तरीय बैठक नौ वर्षयता र सीमा संयन्त्रको बैठक छ वर्षयता हुन सकेको थिएन। यसका पछाडि भारतको उदासीनता जिम्मेवार रहेको ठानिन्छ।

"हामी प्रधानमन्त्रीको भारत भ्रमणको गृहकार्यमा लागिरहेका छौँ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसीसँग भने, "मिति तथा अजेन्डासहितका अन्य विषय उपयुक्त समयमा सार्वजनिक गर्छौँ। उहाँको भ्रमणअगावै सीमा संयन्त्रको बैठक पनि बस्छ।"

ads
ads
add
banner add

सम्बन्धित खबर