सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

काठमाडौंबाट पश्चिमतर्फको यातायात खोल्ने तयारी सरकार

banner add
writter
आइत, १९ असोज २०८२
(Shares)

काठमाडौँ ।हालका दिनमा देशका विभिन्न भागमा अवरुद्ध रहेका सडक र यातायात सेवालाई सुचारु गर्न सरकार सक्रिय भएको छ। लगातारको वर्षा, पहिरो, तथा सडक मर्मत–सम्भारमा ढिलाइका कारण यातायात सेवा प्रभावित हुँदै आएको थियो। तर अब सम्बन्धित निकायहरूबीच समन्वय गरी मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ । बीपी राजमार्गबाहेक अन्य राजमार्गहरुमा गाडी चलाउन दिने तयारीमा सरकार र विभागले काम थालिसको छ ।जल तथा मौसम विज्ञान विभागले पनि पश्चिमतर्फ यातायात सञ्चालन गर्न सकिने भनेर सरकारी अधिकारीहरुलाई सूचना दिइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीय तह र सुरक्षा निकायसँगको सहकार्यमा सडक मर्मत, सफाइ र जोखिम न्यूनीकरणका कार्यलाई प्राथमिकता दिएको छ। साथै, आवतजावतमा समस्या भोगिरहेका नागरिकलाई शीघ्र राहत पुगोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गहरूको व्यवस्थापनमा पनि जोड दिइएको छ।

यातायात अवरुद्ध हुँदा जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै सरकारले तात्कालिक र दीर्घकालीन दुवै योजनासहित पूर्वाधार सुदृढीकरणको खाका तयार पारेको छ। अब आवश्यक छ । यी योजनाहरू कार्यान्वयनमा प्रभावकारी रूपमा लागू गरिनु, ताकि भोलि फेरि यस्तै समस्या दोहोरिन नपरोस्।

यातायात सुचारु हुनु मात्र सुविधा होइन, आर्थिक क्रियाकलाप, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवा सञ्चालनको आधार पनि हो। त्यसैले, सरकारको यो पहललाई निरन्तरता दिँदै स्थायी समाधानको दिशामा अघि बढ्नु समयको आवश्यकता हो।

 

ads
ads
add
banner add

सम्बन्धित खबर