स्थानीय सरोकार/काठमाडौँ । कुनै निश्चित स्थानको मौसममा दीर्घकालीन रूपमा आउने
परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। तापक्रम, वायुदाब र आर्द्रता जस्ता तत्वमा आउने परिवर्तनले मौसममा ठूलो हलचल ल्याउँछ।
जलवायु परिवर्तन मुख्यतः दुई कारणले हुने गर्दछ। प्राकृतिक कारण र मानवीय कारण।
प्राकृतिक कारणबाट हुने जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियासँग संम्बन्धित हुन्छ, तर वर्तमान समयमा मानवीय गतिविधिका कारण जलवायु परिवर्तन तीव्र गतिमा बढिरहेको छ।
वन विनाश, औद्योगिकीकरण, जीवाश्यम् इन्धनको अत्यधिक प्रयोग, अव्यनवस्थित सहरीकरण तथा बढ्दो प्रदूषणले हरितगृह ग्यासको मात्रा बढाउँदै
जलवायु परिवर्तनलाई थप तीव्र बनाएका छन्।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा
रहेको मुलुक हो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ तथा
हिमनदी पग्लिन थालेका छन् भने, हिमतालको जोखिम समेत बढ्दै गएको छ। त्यस्तै, मनसुनको समयमा पहाडी तथा हिमाली क्षेत्रमा हुने मुसलधारे
वर्षाले बाढी, पहिरो र भू-क्षयको जोखिम बढाएको छ।
कहिले अनावृष्टि, कहिले अल्पवृष्टि र कहिले अतिवृष्टि हुने अवस्थाले जन-जीवनमा
प्रत्यक्ष असर पारिरहेको छ। यसको सबैभन्दा ठूलो प्रभाव कृषि क्षेत्रमा देखिएको छ।
वर्षाको अनिश्चितता, खडेरी, बाढी, पहिरो तथा
तापक्रम वृद्धिका कारण कृषि उत्पादन प्रभावित हुँदै गएको छ। यसले खाद्य सुरक्षा र
किसानको आयआर्जनमा समेत चुनौती थपेको छ।
जलवायु परिवर्तनको प्रभाव कृषि
क्षेत्रमा मात्र सीमित छैन। यसले खानेपानी, स्वास्थ्य, जैविक विविधता, पर्यटन, पूर्वाधार
तथा जलविद्युत् क्षेत्रलाई समेत प्रभावित गरिरहेको छ। प्राकृतिक विपद्का घट्ना
बढ्दै जाँदा राज्यले राहत, उद्धार र
पुन:र्निर्माणमा ठूलो स्रोत खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यसरी हेर्दा, जलवायु परिवर्तन वातावरणीय समस्या मात्र नभई आर्थिक, सामाजिक र मानवीय चुनौती पनि हो। समयमै प्रभावकारी अनुकूलनका कार्यक्रम सञ्चालन गर्न नसक्ने हो भने निकट भविष्यमा यसको असर नेपालको अर्थतन्त्र र जन-जीवनमा अझ गम्भीर रूपमा पर्ने निश्चित छ।
जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रिया भित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ।
पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः
अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको
वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई
असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा
परिवर्तन आउँछ।
पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ।
हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको
अत्याधिक प्रयोग, औद्योगिकीकरण
आदिजस्ता क्रियाकलापहरू पर्दछन्।
जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो।
जस अनुसार
बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।
हिमनदीको संकुचन,सन् १९६०को दशकपछि पृथ्वीमा भएको
द्रूत औद्योगिक विकास तथा जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण
पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्।
मूलत; जीवावशीषय इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्गलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने "सिङक" को कमीले भू-मण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ।
कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो
दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ।
जङ्गल फँडानी र भू-क्षयीकरणले पनि
वायुमण्डलमा बढी कार्बन-डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि
(रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्।
पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ। त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ ।
जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र
विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्याङ्क र प्रमाणले पुष्टि
गरेका छन्।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्।
हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको
कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक
मानिएको छ।
धनी र औद्योगिक मुलुकले कार्बन
डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित
मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको
छ।
जलवायु परिवर्तनको मूलकारक नेपाल
जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय
लगायत मानव जीवन, सामाजिक-आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ।
फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ।
हिमालय क्षेत्र नजीकका भू-भागमा मात्र
होइन, यसको नकरात्मक
प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको छ।
हिमनदी विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन्। तिनीहरूको आकार हिमपात र त्यसको पग्लिने क्रमको अनुपातमा निर्भर गर्दछ।
साविकको समय भन्दा पहिले विरुवामा फूल
लाग्ने र चराले चाँडै अण्डा पार्ने गरेको पाइएको छ। यसले गर्दा पक्षी तथा अन्य
जनावरको खाद्य चक्रमा असन्तुलन हुनगई सिङ्गो पारिस्थितिक प्रणालीमा नै खलल हुने
सम्भावना बढेको छ।
उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले झिँगा र लामखुट्टे जस्ता रोगबाहक कीरा ती भागमा पुग्ने र रोग तथा महामारी फैलिने चुनौती बढ्दै गएको छ।
तराईमा अत्यधिक गर्मी बढ्ने र हिमाली क्षेत्रमा समेत
तापक्रम बढेर हिउँ पग्लने क्रममा विस्तार हुँदै तिव्रता उन्मुख छ।
यसबाट प्रकोपजन्य जोखिम उत्पन्न त भएको छ नै नागरिक सुरक्षा र संरक्षणका थप समस्या जस्तै नयाँ र असाध्य रोगको फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुनगई व्यापक वसाई सराई देखापर्ने निश्चित छ र यसको सुरुआत भइसकेको पनि छ।
उदाहरणका लागि वर्षाको प्रकार र
तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-क्षय र
खडेरीजस्ता प्रकोपका घटना बढ्दै गएका छन्।
पहाडी भागमा व्यापक बाढीपहिरो जानका
साथै स-साना खोल्सा, मूलकुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको
सतह घट्न गएको छ। यसैगरी तापक्रमको वृद्धिसँगै झिंगा तथा लामखुट्टेको पनि बृद्धि
भई मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफलाईटिस जस्ता
सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ-नयाँ झार
तथा रोगकीराको आगमनले नकारात्मक असर पारेको छ।
तापक्रमका साथै वर्षातको समय, मात्रा र अवधिमा
आएको परिवर्तनका कारणले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकरात्मक प्रभाव देखिन
थालेको छ भने जलवायुको परिवर्तित अबस्था अनुसार खेतीपातीमा सुधार गर्ने सीप र
दक्षताको अभावका कारण कृषक थप मारमा परेका छन्।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ।
हिमतालको
निर्माण र फुट्ने क्रम जलवायु परिवर्तनको सम्भवतः सबभन्दा टड्कारो प्रभाव हो भन्न
सकिन्छ।
नेपालमा २० वटा त्यस्ता खतरनाक ताल छन् जो कुनै पनि बखत फुट्न सक्छन्। जलवायु परिवर्तनले गरीबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ।
उदाहरणका लागि, दक्षिणपूर्वी
एसियामा करिब २२ करोड १० लाख जनसङ्ख्या गरीबीको रेखामुनी रहेको छ। यस क्षेत्रका
गरीब खासगरी सामुद्रिक तटीय क्षेत्र र होचा भू-भागमा बसोबास गर्दछन्।
मानिसको खेतीपातीका निम्ति अत्यन्त थोरै जमीन छ अथवा यिनीहरू ज्याला मजदुरी र समुन्द्री निर्भरताबाट जीविका चलाउँछन्। यिनीहरू जलवायु परिवर्तनको बढ्ता जोखिममा छन् किनभने उनीहरूको अत्यन्त न्यून आयले परिवर्तित परिस्थितिको चुनौती सामना गर्नेगरी कृषिमा र स्वास्थ्य सेवा वा अन्य प्रकारका सुरक्षात्मक उपायका निम्ति थोरै वा विल्कुलै दक्षता, सीप र पहुँच पुग्दैन।
यो भू-उपग्रह सन् १९७९ देखि ध्रुवीय क्षेत्रमा जमेको हिउँमा ह्रास आएको
देखिन्छ ।
जलवायु परिवर्तनलाई कसरी कम गर्न सकिन्छ?
हाल विश्वमा हुने
हरितगृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ। कार्बनडाइ अक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो।
जलवायु परिवर्तनका सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने, अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ।
यसबाट के देखिन्छ भने; विश्वमा
यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ।
जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ।
प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने
पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी, सडकको दायाँ-बायाँका
किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र
बढ्दैन, मानव स्वास्थ्यका
लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ।
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ।
हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने वा
क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ।
यसलाई हामीले व्यवस्थित गर्नुपर्छ। चुरे पहाडको संरक्षणका लागि पनि हामीले
त्यत्तिकै ध्यान दिनु परेको छ। लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको
क्षयीकरणले हाम्रो भू-सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ।
देशभरि नै वातावरण मैत्री सार्वजनिक
यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र
सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ।
यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका
पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ।
हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ।
विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा
उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा
परिरहेका छन्।
सन् २००७ को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्याङ्कलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ।
तसर्थ; हरितगृह ग्यास उत्सर्जनमा कमी
ल्याउन स्थानीय, राष्ट्रिय र
अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ।
नेपालमा हालसम्मका श्रृंखलाहरूबाट
परेका असरहरू
कुनै निश्चित स्थानको मौसममा दीर्घकालीन रूपमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। तापक्रम, वायुदाब र आर्द्रताजस्ता तत्वमा आउने परिवर्तनले मौसममा ठूलो हलचल ल्याउँछ। जलवायु परिवर्तन मुख्यतः दुई कारणले हुने गर्दछ।
- प्राकृतिक कारण
- मानवीय कारण
नेपालका कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा जोडिएका ४७ वटा हिमताल र हिमनदीहरू उच्च जोखिममा रहेको पाइएको छ।
अध्ययन अनुसार जोखिममा रहेकामध्ये ४२ वटा हिमताल र हिमनदी नेपालकै सबै भन्दा ठूलो
नदी कोशीको जलाधार क्षेत्र (बेसिन) मा रहेका छन्। यस्तै, ३ वटा गण्डकी
बेसिनमा र २ वटा कर्णाली बेसिनमा रहेको अध्ययनले देखाएको छ।
सन् २०२० र २०२२ मा गरिएको अध्ययनले नेपालका ठूला नदी प्रणालीमा जोडिएका यी हिमतालहरू कुनै पनि बेला फुट्न सक्ने र यसले ठूलो विनाश ल्याउन सक्ने चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास
कार्यक्रम (UNDP) र
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)
ले हिन्दकुश पर्वत क्षेत्रमा सो अध्ययन गरेका थिए।
अध्ययनअनुसार जोखिमयुक्त अधिकांश हिमतालहरू तिब्बती क्षेत्रमा रहेका छन्। कोशी, गण्डकी र कर्णाली नदीको बहाव प्रणालीमा जोडिने ती खतरनाक हिमतालमध्ये २५ वटा चीनको तिब्बतमा, २१ वटा नेपालमा र एउटा भारतमा पर्दछन् ।
तिब्बत र भारतमा
रहेका जोखिमयुक्त तालहरू फुटेमा त्यसको प्रत्यक्ष र भयावह प्रभाव नेपालमा पर्ने
अध्ययनको निष्कर्ष छ।
भदौ १० गते रसुवाको नेपाल-चीन सीमा क्षेत्रमा आएको हिमबाढीका कारण अकल्पनीय विपद् सिर्जना भएको छ। सक्रिय रहेकाले विपद् व्यवस्थापनका लागि नेपाल र चीनबीच सूचना आदानप्रदान र समन्वय महत्त्वपूर्ण हुने अध्ययनले औँल्याएको छ।
प्राकृतिक कारणबाट हुने जलवायु परिवर्तन पृथ्वीको
प्राकृतिक प्रक्रियासँग सम्बन्धित हुन्छ। तर वर्तमान समयमा मानवीय गतिविधिका कारण
जलवायु परिवर्तन तीव्र गतिमा बढिरहेको छ।
वन विनाश, औद्योगिकीकरण, जीवाश्म इन्धनको
अत्यधिक प्रयोग, अव्यवस्थित सहरीकरण
तथा बढ्दो प्रदूषणले हरितगृह ग्यासको मात्रा बढाउँदै जलवायु परिवर्तनलाई थप तीव्र
बनाएका छन्।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा
रहेको मुलुक हो। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तीव्र गतिमा हिउँ तथा
हिमनदी पग्लिन थालेका छन् भने हिमतालको जोखिमसमेत बढ्दै गएको छ। त्यस्तै, मनसुनको समयमा पहाडी
तथा हिमाली क्षेत्रमा हुने मुसलधारे वर्षाले बाढी, पहिरो र भूक्षयको जोखिम बढाएको छ।
कहिले अनावृष्टि, कहिले अल्पवृष्टि र
कहिले अतिवृष्टि हुने अवस्थाले जनजीवनमा प्रत्यक्ष असर पारिरहेको छ। यसको सबैभन्दा
ठूलो प्रभाव कृषि क्षेत्रमा देखिएको छ। वर्षाको अनिश्चितता, खडेरी, बाढी, पहिरो तथा तापक्रम
वृद्धिका कारण कृषि उत्पादन प्रभावित हुँदै गएको छ। यसले खाद्य सुरक्षा र किसानको
आयआर्जनमा समेत चुनौती थपेको छ।
जलवायु परिवर्तनको प्रभाव कृषि
क्षेत्रमा मात्र सीमित छैन। यसले खानेपानी, स्वास्थ्य, जैविक विविधता, पर्यटन, पूर्वाधार तथा जलविद्युत् क्षेत्रलाई समेत प्रभावित
गरिरहेको छ। प्राकृतिक विपद्का घटना बढ्दै जाँदा राज्यले राहत, उद्धार र
पुन:र्निर्माणमा ठूलो स्रोत खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
विश्व जलवायुपरिवर्तका कारण भएका
घट्नाहरु;
घट्ना नं. १
सन् १९४१ हुआराज, पेरुउत्तरी पेरुको उच्च एन्डिज क्षेत्रमा हिमताल फुटेर आएको बाढीले हुआराज सहरको करिब एकतिहाइ भाग ध्वस्त पारेको थियो।
उक्त घटनामा अनुमानित ५ हजार मानिसको मृत्यु भएको थियो। यो
इतिहासकै सबैभन्दा घातक हिमताल विस्फोटजन्य बाढीमध्ये एक मानिन्छ।
घट्ना नं. २
सन् १९६२ रान्राहिर्कापेरुको सबैभन्दा
अग्लो हिमाल माउन्ट हुआस्कारानबाट ठूलो हिमखण्ड खसेपछि करिब १ करोड घनमिटर चट्टान, बरफ र हिउँ जम्मा
सात मिनेटमै पहाडबाट तल खसेको थियो।यसले रान्राहिर्का गाउँसहित आसपासका बस्तीलाई
करिब १२ मिटर गहिरो हिलो र भग्नावशेषले पुरेको थियो। घटनामा अनुमानित ४ हजार
मानिसको मृत्यु भएको थियो।
घट्ना नं. ३
सन् १९७० युङ्गे, पेरु ७.९
म्याग्निच्युडको भूकम्पले माउन्ट हुआस्कारानको उत्तरी भाग अस्थिर बनाउँदा इतिहासकै
सबैभन्दा घातक हिमनदीजन्य विपद्मध्ये एक निम्तिएको थियो। हिमनदीको बरफ र चट्टानको
विशाल भाग प्रतिघण्टा ३३५ किलोमिटर (२०८ माइल) सम्मको गतिमा युङ्गे र
रान्राहिर्कातर्फ खसेको थियो।
यसले दुवै क्षेत्रलाई हिलो र
भग्नावशेषमा पुरेको थियो। हिमपहिरोमा मात्रै अनुमानित २५ हजार मानिसको मृत्यु भएको
थियो। भूकम्पबाट मृत्यु हुने कुल संख्या भने ५० हजारभन्दा बढी थियो।
घट्ना नं. ४
सन् १९८१ चिरेन्मा को, तिब्बतचीन–नेपाल सीमाबाट करिब १४ किलोमिटर टाढा रहेको
चिरेन्मा को हिमतालमा माथिबाट झुन्डिएको हिमनदीको ठूलो भाग खसेको थियो। त्यसबाट
उठेको विशाल छालले हिमतालको मोरेन बाँध पार गरेको थियो। करिब २ करोड घनमिटर पानी, बरफ र भग्नावशेष
नेपालतर्फ तीव्र गतिमा बगेको थियो।
यस घटनामा नेपालमा अनुमानित २०० जनाको
मृत्यु भएको थियो। पुल, सडक, जलविद्युत् आयोजना
तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको थियो।
घट्ना नं. ५
सन् २०२१ चमोलीभारतको उत्तराखण्डस्थित नन्दादेवी नजिकैको
रोन्ती चुचुरोबाट ठूलो हिमखण्ड खसेपछि चट्टान, धुलो र बरफको विनाशकारी भेल उपत्यकातर्फ बगेको थियो।
यसबाट उत्तराखण्डमा ठूलो आकस्मिक बाढी
आएको थियो। घटनामा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो। बस्तीहरू बग्नुका साथै
दुईवटा जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएका थिए।
नेपालमा हिमपहिरो, हिमताल विस्फोटजन्य
बाढी (GLOF), पहिरो तथा अतिवृष्टिजन्य बाढीका प्रमुख घटनाहरू;
घट्ना नं. १
सन् १५६० आसपास माछापुच्छ्रे, कास्कीमाछापुच्छ्रे क्षेत्रको हिमताल विस्फोटबाट आएको विशाल
बाढी र मलबा प्रवाहले पोखरा उपत्यकालाई ढाकेको थियो। भू–वैज्ञानिक प्रमाणअनुसार
उपत्यकामा ५०-६० मिटर मोटाइसम्मका मलबाका तह भेटिएका छन्। यो नेपालमा अभिलेखित
सबैभन्दा पुरानो ज्ञात GLOF घटनामध्ये एक हो।
करिब ४५० वर्षअघि माछापुच्छ्रे
क्षेत्रबाट आएको विनाशकारी हिमताल विस्फोट सन् १५६० आसपास माछापुच्छ्रे हिमालको उत्तरी क्षेत्रमा
रहेको हिमताल विस्फोट भएको र त्यसबाट निस्किएको विशाल बाढी तथा मलबाले पोखरा
उपत्यकामा ठूलो debris flow (मलबा प्रवाह) ल्याएको भू-वैज्ञानिक अध्ययनहरूले देखाएका
छन्।
अध्ययन अनुसार उक्त घटनाको स्रोत माछापुच्छ्रे क्षेत्र रहेको अनुमान गरिएको छ। हिमतालको बाँध भत्किएपछि आएको बाढीले ठूलो परिमाणमा ढुंगा, गेग्रान, बालुवा र माटो बगाएर पोखरा उपत्यकालाई ढाकेको थियो।
पोखरा उपत्यकाको भुइँमा आज पनि कतिपय स्थानमा ५०-६०
मिटर मोटाइसम्मका मलबाका तह भेटिनु त्यस्तो विशाल प्राचीन घटनाको प्रमाण मानिएको
छ।
भू-आकृतिक अध्ययनले यस घटनाबाट पोखरा उपत्यकाको वर्तमान भू-स्वरूप निर्माणमा समेत महत्वपूर्ण योगदान पुगेको देखाउँछ।
विशाल मलबा प्रवाहले सहायक खोला तथा उपत्यकाका
भागहरू थुनेपछि तालहरू निर्माण भएको र पछि विकसित हुँदै गएको भू-स्वरूपले आजको पोखरा उपत्यकाको
आधार तयार गरेको अध्ययनमा उल्लेख छ।
घट्ना नं. २
सन् १९२१ ल्होनाक/घुन्सा क्षेत्र, ताप्लेजुङ
हिमतालजन्य बाढीको ऐतिहासिक घटना
ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा पर्ने ल्होनाक हिमनदी आसपास सन् १९२१ मा भएको हिमताल विस्फोटजन्य बाढी (GLOF) नेपालको हिमाली क्षेत्रमा अभिलेखित पुराना हिमतालजन्य विपद् विपरीत एक महत्वपूर्ण घटना हो।
हिमतालको
प्राकृतिक बाँधका रूपमा रहेको टर्मिनल मोरेन भत्किएपछि ठूलो परिमाणमा पानी, ढुंगा, माटो र हिमनदीजन्य
अवसाद तल्लो क्षेत्रमा बगेको थियो ।
उक्त बाढीले ल्होनाक–घुन्सा क्षेत्रमा विशेष प्रभाव पारेको थियो। खाम्पुचेन/क्याम्पुचेन क्षेत्रका खेतीयोग्य जमिन र आलुका खेतहरू बाढीले बगाएको तथा स्थानीय मौखिक इतिहासअनुसार मानवीय क्षतिसमेत भएको उल्लेख पाइन्छ। बाढीको प्रभावका कारण स्थानीय बस्ती तथा कृषिजन्य गतिविधिमा समेत दीर्घकालीन असर परेको थियो।
यस घटनाको अर्को महत्वपूर्ण पक्ष यसको भौगोलिक प्रमाण हो। ल्होनाक हिमनदीको टर्मिनल मोरेनमा देखिने ठूलो भंग, नदीले बनाएको गहिरो कटान तथा बाढीले थुपारेका ढुंगामाटोका अवशेषहरूले विगतमा आएको ठूलो हिमतालजन्य बाढीले नेपालमा अभिलेखित हिमताल विस्फोट (GLOF) मध्ये यो सबैभन्दा पुरानो ज्ञात घटना मानिन्छ।
ल्होनाक हिमतालको बाढी करिब ५,१०० मिटरको उचाइमा आएको थियो। नेपालमा अभिलेखित हिमताल विस्फोट (GLOF) मध्ये यो सबैभन्दा पुरानो ज्ञात घटना मानिन्छ। ल्होनाक हिमतालको बाढी करिब ५,१०० मिटरको उचाइमा आएको थियो।
हिमताल
विस्फोटजन्य बाढी (GLOF) प्रभाव: खाम्पुचेन/क्याम्पुचेन क्षेत्रका खेतीयोग्य जमिन तथा आलुका खेतहरू
ठूलो मात्रामा नष्ट भए। स्थानीय मौखिक इतिहासअनुसार कम्तीमा एक जनाको मृत्यु भएको
थियो। जसको प्रत्यक्ष असर बस्ती, सडक, पुल, जलविद्युत् आयोजना र
सीमापार व्यापारिक मार्गसम्म परेको थियो।
घट्ना नं. ३
सन् १९६३ टिप्तला/ओलाङचुङगोला क्षेत्र
हिमपहिरोका कारण हिमतालमा बाढी
ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा सन् १९६३ मा आएको टिप्तला हिमतालजन्य बाढी नेपालको हिमाली क्षेत्रमा हिमपहिरो गएको थियो । हिमतालबीचको सम्बन्धबाट निम्तिन सक्ने विनाशको ऐतिहासिक उदाहरण हो।
करिब ४,९०० मिटर उचाइमा रहेको टिप्तला
हिमतालमा चोचेनफु हिमालबाट ठूलो हिमपहिरो खसेपछि उत्पन्न छालले हिमतालको प्राकृतिक
बाँध भत्काएको र त्यसपछि भीषण बाढी आएको मानिन्छ।
१५ अगस्ट १९६३ मा आएको उक्त बाढीले ओलाङचुङगोला क्षेत्रका घर, खेतीयोग्य जमिन र स्थानीय पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो।
विभिन्न ऐतिहासिक तथा अनुसन्धानात्मक विवरणमा क्षतिको परिमाण फरक–फरक रूपमा उल्लेख भए पनि बाढीले बस्तीमा उल्लेखनीय विनाश गरेको तथ्य स्पष्ट छ।
स्थानीय स्मृतिअनुसार बाढी आउनुअघि ठूलो हावाको झोक्का, धुलोको बादल, गर्जनजस्तो आवाज तथा ढुंगा आपसमा ठोक्किँदाको डरलाग्दो आवाज सुनिएको थियो।करिब ४,९०९ मिटर उचाइमा आएको थियो ।
चोचेनफु हिमालबाट खसेको ठूलो हिमपहिरो/आइस एभालान्च टिप्तला हिमतालमा खस्दा उत्पन्न छालले हिमतालको टर्मिनल मोरेन भत्काएको मानिन्छ।
बाढीले ओलाङचुङगोला बस्तीमा ठूलो
विनाश मच्चायो। अनुसन्धानअनुसार करिब ४५ घरधुरी नष्ट भएको उल्लेख छ । अन्य
ऐतिहासिक विवरणमा त्यस दिन १६ घर बगेको उल्लेख पाइन्छ।
नदी किनारका खेतीयोग्य जमिन बगेका थिए। तमोर नदीको तल्लो भागसम्म बाढीको प्रभाव पुगेको थियो। ताप्लेजुङको तापेथोकसम्म
बाढी अत्यन्त माथिसम्म पुगेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घट्ना नं. ४
सन् १९६३ टिप्तला/ओलाङचुङगोला
क्षेत्रमा हिमपहिरोबाट हिमतालजन्य बाढी
सन् १९६३ मा ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा हिमपहिरोका कारण टिप्तला हिमतालमा ठूलो छाल उत्पन्न भई हिमतालको प्राकृतिक बाँध भत्किँदा विनाशकारी बाढी आएको ऐतिहासिक विवरण पाइन्छ।
करिब ४,९०० मिटर उचाइमा रहेको हिमतालमा खसेको ठूलो हिमपहिरोले पानी विस्थापित गरेपछि बाढी तलतर्फ तीव्र गतिमा बगेको थियो। बाढीले ओलाङचुङगोला क्षेत्रमा घर, खेतीयोग्य जमिन तथा स्थानीय संरचनामा ठूलो क्षति पुर्याएको थियो।
यस घटनाले हिमाली क्षेत्रमा हिमपहिरो आफैं मात्र नभई त्यसले हिमतालमा
उत्पन्न गराउने आकस्मिक छालमार्फत समेत ठूलो विपद् निम्त्याउन सक्ने देखाएको थियो।
घट्ना नं. ५
सन् १९६८ टिप्तला क्षेत्र हिमताल
विस्फोट
ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा सन् १९६८ मा टिप्तला हिमतालबाट आएको दोस्रो हिमताल विस्फोटजन्य बाढी (GLOF) ले चार वर्षअघि भएको विनाशकारी घटनाको जोखिमलाई फेरि उजागर गर्यो।
करिब ४,९०९ मिटर उचाइमा रहेको टिप्तला
हिमतालबाट आएको यस बाढीलाई अनुसन्धानले ‘ओलाङचुङगोला–२’ GLOF का रूपमा अभिलेख गरेको छ।
अनुसन्धानअनुसार सन् १९६३ र १९६८ का दुवै घटनाको सम्भावित कारण छोचेनफु हिमालबाट खसेको ठूलो आइस एभालान्च थियो।
हिमपहिरो हिमतालमा खस्दा उत्पन्न शक्तिशाली छालले तालको प्राकृतिक मोरेन बाँध
भत्काएपछि पानी र हिमतालजन्य अवसाद तल्लो क्षेत्रमा बगेको मानिन्छ।
एउटै हिमतालबाट केही वर्षको अन्तरालमै दुईपटक GLOF हुनु सामान्य प्राकृतिक बाढीभन्दा निकै गम्भीर जोखिमको संकेत थियो।
सन् १९६३ को घटनाले
ओलाङचुङगोला बस्तीमा ठूलो क्षति पुर्याएको थियो भने सन् १९६८ को बाढीले त्यस
क्षेत्रमा पहिल्यै कमजोर बनेको नदी प्रणाली र भू–भागमा थप कटान तथा क्षतिको प्रभाव पारेको अध्ययनले देखाउँछ।
घट्ना नं. ५
सन् १९७७ नारे हिमताल फुट्दा
दूधकोशीमा आएको विनाशकारी बाढी
सन् १९७७ सेप्टेम्बर ३ नेपालको हिमतालजन्य विपद्को इतिहासमा उल्लेखनीय दिन थियो । खुम्बु क्षेत्रको अमा दब्लम हिमालको दक्षिणतर्फ रहेको नारे (मिङ्बो) हिमताल विस्फोट भएपछि इम्जा खोला हुँदै दूधकोशी नदीमा भीषण बाढी आएको थियो।
हिमाली क्षेत्रमा अचानक उत्पन्न हुने हिमतालजन्य
बाढीले तल्लो क्षेत्रमा कति ठूलो विनाश निम्त्याउन सक्छ भन्ने यो घटनाले स्पष्ट
पारेको थियो।
अनुसन्धान अनुसार माथिल्लो क्षेत्रमा रहेको सानो हिमतालबाट आएको ठूलो परिमाणको पानी नारे हिमतालमा जम्मा भएपछि त्यसको प्राकृतिक मोरेन बाँध ओभरटप भई भत्किएको थियो।
करिब ५० लाख घनमिटर पानी आकस्मिक रूपमा बाहिरिएको र बाढीको अधिकतम बहाव
करिब ८०० घनमिटर प्रतिसेकेन्ड पुगेको अनुमान गरिएको छ।
तीव्र गतिमा बगेको बाढीले नदी किनारका घर, पुल, बाटो, खेतीयोग्य जमिन तथा जलविद्युत् संरचनामा ठूलो क्षति पुर्याएको थियो। विभिन्न अध्ययनमा यस घटनाबाट २ देखि ३ जनाको मृत्यु भएको उल्लेख पाइन्छ।
बाढीको प्रभाव स्रोत क्षेत्रमै सीमित
रहेन । इम्जा खोला हुँदै दूधकोशीको तल्लो क्षेत्रमा समेत यसको असर देखियो र राबुवा
बजारसम्म उल्लेखनीय बाढीको प्रभाव पुगेको अभिलेख छ।
नारे हिमतालको घटना एउटा महत्वपूर्ण
प्राकृतिक चेतावनी थियो । हिमताल फुट्दा त्यसको विनाशकारी प्रभाव हिमताल आसपासमा
मात्र सीमित हुँदैन। हिमतालबाट निस्किएको पानी नदीमा मिसिँदा त्यसले नदीको बहाव
अस्वाभाविक रूपमा बढाएर धेरै टाढासम्म रहेका बस्ती, पुल, सडक, खेती र जलविद्युत्
संरचनालाई जोखिममा पार्न सक्छ।
आज जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार र प्राकृतिक बाँधको स्थायित्वबारे चिन्ता बढिरहेको छ। यस्तो अवस्थामा करिब पाँच दशकअघि नारे हिमतालले दिएको चेतावनी झन् सान्दर्भिक बनेको छ।
विगतका GLOF घटनाको वैज्ञानिक अध्ययन, जोखिममा रहेका हिमतालको नियमित अनुगमन, सम्भावित जोखिम क्षेत्रको पहिचान र प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न अब ढिलाइ गर्नु हुँदैन।
घट्ना नं. ६
सन् १९८० नाग्मा पोखरी, ताप्लेजुङ मोरेन
हिमपहिरो
सन् १९८० मा ताप्लेजुङको नाग्मा पोखरी क्षेत्रमा भएको हिमतालजन्य बाढी नेपालको हिमाली विपद्को इतिहासमा उल्लेखनीय घटना हो।
हिमतालको प्राकृतिक बाँधका रूपमा रहेको मोरेन संरचना भत्किएपछि पोखरीको पानी
एकाएक बाहिरिएर तल्लो क्षेत्रमा बाढी आएको थियो।
नाग्मा पोखरीको मोरेन बाँध कमजोर भई
भत्किँदा निस्किएको पानीले नदी तथा खोलाको बहावलाई अचानक बढाएको थियो। हिमाली
भूभागमा हुने यस्ता घटना सामान्य वर्षाजन्य बाढीभन्दा फरक हुन्छन्, जहाँ प्राकृतिक
रूपमा बनेको हिमताल वा पोखरीको बाँध अस्थिर भएपछि ठूलो परिमाणको पानी छोटो समयमा
तल्लो क्षेत्रमा पुग्छ।
सन् १९८० को नाग्मा पोखरी घटनाले हिमताल तथा मोरेन बाँधको स्थायित्वप्रति निरन्तर निगरानी आवश्यक रहेको स्पष्ट संकेत दिएको थियो।
हिमाली क्षेत्रमा रहेका यस्ता ताल तथा पोखरी तत्काल जोखिमपूर्ण
नदेखिए पनि हिमपहिरो, अत्यधिक पानीको बहाव, तालको सतह बढ्नु वा मोरेन संरचनामा क्षति पुग्नुजस्ता कारणले अचानक विपद्को
रूप लिन सक्छन्।
आज जलवायु परिवर्तनका कारण हिमनदी
पग्लिने क्रम तीव्र हुँदै जाँदा हिमाली क्षेत्रमा रहेका हिमताल तथा हिमतालसँग
जोडिएका मोरेन बाँधको जोखिम अझ महत्वपूर्ण बनेको छ। त्यसैले नाग्मा पोखरीको सन्
१९८० को घटना विगतको एउटा बाढी मात्र नभई भविष्यमा हुन सक्ने हिमतालजन्य विपद्प्रति
दिएको चेतावनीका रूपमा लिनुआवश्यक छ।
घट्ना नं. ७
सन् १९८१ झाङझाङ्बो/सिरनमा, भोटेकोशी–सुनकोशी ठूलो हिमताल विस्फोट
सन् १९८१ मा सिन्धुपाल्चोकको झाङझाङ्बो (Zhangzangbo) क्षेत्रमा आएको ठूलो हिमताल विस्फोटजन्य बाढी (GLOF) नेपालको हिमतालजन्य विपद्को इतिहासमा अत्यन्त महत्वपूर्ण घटना हो।
हिमतालको प्राकृतिक बाँध भत्किएपछि निस्किएको विशाल पानीको बहाव भोटेकोशी
हुँदै सुनकोशी नदीमा मिसिएको थियो।
भोटेकोशी–सुनकोशी ठूलो हिमताल विस्फोटको कारण अचानक आएको बाढीले नदीको बहाव अस्वाभाविक रूपमा बढाएपछि सुनकोशी जलविद्युत् आयोजनाको डाइभर्सन बाँध पूर्ण रूपमा नष्ट भएको थियो।
यसका साथै नदी किनारका संरचना, सडक तथा पुलमा समेत क्षति पुगेको थियो।
घटनाले हिमाली क्षेत्रमा उत्पन्न हुने GLOF को प्रभाव हिमताल
रहेको दुर्गम स्थानमा मात्र सीमित नहुने र नदीको बहावसँगै तल्लो क्षेत्रमा रहेका
महत्वपूर्ण पूर्वाधारसम्म पुग्ने स्पष्ट देखायो।
झाङझाङ्बोको यो घटना विशेष रूपमा महत्वपूर्ण हुनुको अर्को कारण हिमताल विस्फोटबाट जलविद्युत् पूर्वाधारमा परेको प्रत्यक्ष प्रभाव हो।
नेपालको ऊर्जा पूर्वाधारमध्ये धेरैजसो नदी तथा हिमाली जलाधारमा निर्भर रहेको अवस्थामा यस्ता हिमतालजन्य विपद्ले विद्युत् उत्पादन, प्रसारण तथा निर्माणाधीन आयोजनाको सुरक्षामा गम्भीर चुनौती सिर्जना गर्न सक्छ।
सन् १९८१ को घटनाले एउटा कठोर पाठ सिकायो । हिमतालको जोखिम मूल्याङ्कन गर्दा ताल रहेको स्थान मात्र होइन । त्यसबाट निस्कने बाढीको सम्भावित मार्गमा पर्ने सम्पूर्ण नदी प्रणाली र पूर्वाधारलाई जोखिमको दायरामा राख्नुपर्छ।
माथिल्लो हिमाली क्षेत्रमा भएको एउटा प्राकृतिक घटना
सयौँ किलोमिटर तलसम्म आर्थिक तथा भौतिक क्षतिको कारण बन्न पुग्यो।
घट्ना नं. ८
सन् १९८५ डिग त्सो हिमताल फुट्दा ध्वस्त भयो निर्माणाधीन
जलविद्युत् आयोजना ठुलो क्षेती
सन् १९८५ मा खुम्बु क्षेत्रमा भएको डिग त्सो हिमताल विस्फोट (GLOF) नेपालको हिमतालजन्य विपद्को इतिहासमा एउटा निर्णायक घटना बन्यो। जुन नेपालको लागि निक ठुलो नोक्सानी हुन पुग्यो ।
हिमतालको प्राकृतिक मोरेन बाँध भत्किएपछि
एका-एक बाहिरिएको विशाल पानीको बहावले दूधकोशी नदी प्रणालीमा विनाशकारी बाढी
निम्त्यायो। केही क्षणमै उर्लिएको बाढीले नदी आसपासका बस्ती, पुल, खेतीयोग्य जमिन र
भौतिक संरचनामा ठूलो क्षति पुर्यायो।
यस घटनाको सबैभन्दा गम्भीर पक्षमध्ये एक निर्माणाधीन नाम्चे साना जलविद्युत् आयोजना ध्वस्त हुनु थियो। विकासको आधारका रूपमा निर्माण भइरहेको जलविद्युत् संरचना प्राकृतिक विपद्को एकै झट्कामा नष्ट भएपछि हिमाली क्षेत्रमा निर्माण गरिने पूर्वाधारको जोखिमबारे गम्भीर प्रश्न उठ्यो।
नदीमा आधारित विकास आयोजनाको योजना बनाउँदा हिमताल विस्फोट, हिमपहिरो र आकस्मिक
बाढीको जोखिमलाई बेवास्ता गर्न नहुने स्पष्ट सन्देश डिग त्सोले दिएको थियो।
डिग त्सोको घटना केवल एउटा हिमताल फुटेको घटना थिएन। यसले हिमाली क्षेत्रमा प्रकृति र विकासबीचको जोखिमपूर्ण सम्बन्ध उजागर गर्यो।
हिमतालको पानी पहाडको माथिल्लो भागमा जम्मा भए पनि त्यसबाट उत्पन्न
बाढीको असर धेरै तलसम्म पुग्न सक्छ। त्यसैले जलविद्युत् आयोजना, सडक, पुल तथा बस्ती
निर्माण गर्दा हिमतालबाट आउन सक्ने सम्भावित बाढीको मार्ग र प्रभाव क्षेत्रलाई
अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता यस घटनाले देखायो।
आज जलवायु परिवर्तनका कारण हिमनदी
पग्लिने क्रम तीव्र हुँदै जाँदा हिमतालको आकार र संख्या परिवर्तन भइरहेका छन्।
त्यसैले सन् १९८५ को डिग त्सो हिमताल इतिहासको एउटा पुरानो घटना मात्र होइन, नेपालको जलविद्युत्
तथा हिमाली पूर्वाधार सुरक्षाका लागि आज पनि उत्तिकै सान्दर्भिक चेतावनी हो।
जोखिमयुक्त हिमतालको नियमित अनुगमन, मोरेन बाँधको वैज्ञानिक परीक्षण, सम्भावित बाढीको मार्ग पहिचान, जलविद्युत् आयोजनाको जोखिम मूल्याङ्कन र प्रभावकारी पूर्वसूचना प्रणाली अब विकल्प होइनन्। डिग त्सोले सिकाएको पाठ स्पष्ट छ ।
हिमाली
विकासलाई दिगो बनाउन प्रकृतिको जोखिमलाई विकास योजनाकै प्रारम्भिक चरणमा
समेट्नुपर्छ।
घट्ना नं. ९
सन् १९९१ : चुङ्बुङ, रोल्वालिङमा
हिमतालजन्य बाढी
सन् १९९१ मा दोलखाको रोल्वालिङ क्षेत्रमा रहेको चुङ्बुङमा आएको हिमतालजन्य बाढीले स्थानीय बस्तीलाई ठूलो क्षति पुर्यायो। अचानक आएको बाढीले ६ वटा घरमा क्षति पुर्याउनुका साथै नदी किनारको ठूलो भूभाग कटान गरी बगाएको थियो।
रोल्वालिङ हिमाली क्षेत्र हिमनदी र हिमतालको उपस्थितिका कारण प्राकृतिक जोखिमका दृष्टिले संवेदनशील मानिन्छ।
माथिल्लो
क्षेत्रमा हिमताल वा हिमनदीमा आएको परिवर्तनले तल्लो क्षेत्रमा अचानक पानीको बहाव
बढाउन सक्छ। चुङ्बुङको घटनाले पनि हिमाली बस्तीहरू नदी किनारमा सुरक्षित छन् भन्ने
मान्यतालाई चुनौती दिएको थियो।
बाढीले घर तथा जमिनमा पुर्याएको
क्षतिले स्थानीय समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको थियो। नदी किनारको
ठूलो भाग कटान हुनु भनेको केवल तत्कालीन भौतिक क्षति मात्र होइन, भविष्यमा पनि बस्ती
तथा कृषि क्षेत्रमा जोखिम बढ्नु हो।
त्यो विनाशकारी बाढीले ओलाङचुङगोला बजारको आधा बस्ती बगाएको बताइन्छ। करिब ४७ घर रहेको क्षेत्रमा बाढीको ठूलो प्रभाव परेको स्थानीय विवरणमा उल्लेख छ।
एउटा हिमाली जलाशयबाट सुरु भएको विपत्तिले
मानिसका घर, सम्पत्ति, जीविकोपार्जन र
सामाजिक संरचनामाथि गहिरो चोट पुर्यावयो।तर विनाशको कथा त्यहीँ समाप्त भएन। बाढी
तमोरको तल्लो भूभागतर्फ फैलिँदै जाँदा नदी किनारका अन्य बस्तीहरू पनि यसको चपेटामा
परे।
मेवाखोला थुनिँदा धुले बजारमाथि
संकटतमोर नदीमा आएको ठूलो बाढीले मेवाखोलाको बहावसमेत अवरुद्ध गरेको उल्लेख
पाइन्छ।
सन् १९९१ को चुङ्बुङ घटना आकारका
हिसाबले ठूला राष्ट्रिय विपद्मध्ये नपरे पनि स्थानीय तहमा हिमतालजन्य बाढीले
कस्तो असर पार्न सक्छ भन्ने महत्वपूर्ण उदाहरण हो। यस्ता साना–ठूला घटनाको अभिलेख राख्नु
भविष्यका जोखिम पहिचानका लागि उत्तिकै आवश्यक हुन्छ।
आज जलवायु परिवर्तनका कारण हिमाली
क्षेत्रमा हिमनदी पग्लिने र हिमतालको स्वरूप परिवर्तन हुने क्रम बढिरहेको छ।
त्यसैले विगतका घटनाबाट सिक्दै जोखिमयुक्त हिमताल तथा नदी किनारका बस्तीको नियमित
अध्ययन, जोखिम नक्साङ्कन र
पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक छ।
वि.सं. २०२५ सालमा आएको अर्को बाढी र
त्यसपछि वि.सं. २०३८ सालमा हिमताल फुटेर आएको बाढीसँग धुले बजारको थप विनाशको
स्मृति जोडिएको छ। यी घटनापछि बजारको बाँकी संरचनासमेत ठूलो क्षतिमा परेको र अन्ततः
पुरानो बस्तीको अस्तित्व नै हराउँदै गएको स्थानीय इतिहासमा उल्लेख पाइन्छ।
घट्ना नं. १०
-
सन् २०१७ बरुण खोला, संखुवासभा
हिमपहिरो/हिमतालजन्य बाढीले ठूलो भौतिक क्षति
सन् २०१७ अप्रिल २० मा संखुवासभाको
बरुण खोला क्षेत्रमा आएको आकस्मिक बाढी नेपालको पछिल्लो हिमतालजन्य विपद्को
महत्वपूर्ण उदाहरण हो। मकालु–बरुण राष्ट्रिय निकुञ्जको माथिल्लो क्षेत्रमा रहेको लाङमाले हिमतालमा ठूलो
चट्टानी पहिरो र हिमपहिरो खसेपछि उत्पन्न छालले हिमतालको प्राकृतिक मोरेन बाँध
नाघ्दा भीषण GLOF आएको वैज्ञानिक
अध्ययनले देखाएको छ।
बाढीले बरुण खोलाको तल्लो भागमा ठूलो विनाश मच्चायो। नदीको धारमा रहेका वनस्पति र भूभाग बगाउनुका साथै ठूलो परिमाणमा ढुंगा, माटो र हिमनदीजन्य अवसाद थुपारियो। याङ्ले खर्कको चरन क्षेत्रसमेत बाढीको अवसादले पुरिएको थियो।
यस घटनाको प्रभाव बरुण खोलामै सीमित
रहेन। बरुण र अरुण नदीको संगममा बाढीले करिब २–३ किलोमिटर लामो अस्थायी ताल निर्माण गर्यो। यसले बरुण
बजार आसपासका बस्ती र खेतीयोग्य जमिनमा थप जोखिम सिर्जना गर्यो। स्थानीय
विवरणअनुसार केही घर तथा कृषि जमिनमा क्षति पुगेको थियो।
सन् २०१७ को बरुण घटना विशेष छ, किनकि यसले हिमताल
विस्फोट केवल हिमतालमा जम्मा भएको पानीका कारण मात्र हुँदैन । हिमपहिरो वा चट्टानी पहिरोले पनि
हिमतालमा शक्तिशाली छाल उत्पन्न गराएर विपद् निम्त्याउन सक्छ ।
घट्ना नं. ११
सन् २०२१ मेलम्ची–इन्द्रावती क्षेत्र अत्यधिक
वर्षा, पहिरो र बाढीले ठूलो
क्षति
सन् २०२१ जुन १५ मा सिन्धुपाल्चोकको मेलम्ची–इन्द्रावती नदी क्षेत्रमा आएको विनाशकारी बाढी नेपालको पछिल्लो दशकका गम्भीर वर्षाजन्य विपद्मध्ये एक बन्यो। केही दिनदेखि भइरहेको भारी वर्षाले पहाडी भूभागमा पहिरो र नदीजन्य अवसाद बढाएपछि मेलम्ची नदीमा अचानक ठूलो बाढी र मलबे बहाव आएको थियो।
सरकारी अध्ययनले
मेलम्ची तथा इन्द्रावती जलाधारमा जुन ९ देखि वर्षा सुरु भएको र विभिन्न स्थानमा
अत्यधिक वर्षा भएको देखाएको छ।
अत्यधिक वर्षासँगै पहिरोले नदीको बहाव
अवरुद्ध गरी प्राकृतिक बाँधजस्तो अवस्था सिर्जना गरेको र त्यसपछि बाँध फुट्दा बाढी
थप विनाशकारी बनेको अध्ययनहरूले देखाएका छन्। भारी वर्षा, तीव्र हिमपग्लाइ र
माथिल्लो जलाधारमा भएको भूक्षय तथा पहिरोले मलबेसहितको बाढीलाई अझ उग्र बनाएको
थियो।
बाढीले मेलम्ची बजार र आसपासका बस्तीमा ठूलो क्षति पुर्यायो। घरहरू डुबान तथा मलबेमा पुरिए, सयौँ परिवार विस्थापित भए र सडक तथा पुलहरू बगे। एक अध्ययनअनुसार सन् २०२१ जुन १५ (२०७८ असार १) मा मेलम्ची–इन्द्रावती क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोमा ५ जनाको मृत्यु र २० जना बेपत्ता भएको सरकारी प्रारम्भिक विवरणमा उल्लेख छ।
६ जना घाइते भएका थिए भने, ५२५ परिवार विस्थापित, ३३७ घरमा क्षति, १३ वटा पैदल पुल र ७ वटा पक्की पुल क्षतिग्रस्त भएका थिए।
मेलम्ची खानेपानी आयोजनाको संरचनासमेत
बाढीबाट गम्भीर रूपमा प्रभावित भयो। आयोजनाको हेडवर्क्समा मलबे थुप्रिएको थियो भने
अन्य अस्थायी संरचना, निर्माण सामग्री, पहुँच सडक र पुलमा ठूलो क्षति पुगेको थियो। प्रारम्भिक अनुमानमा आयोजनाको
क्षति एक अर्ब रुपैयाँभन्दा बढी रहेको बताइएको थियो।
सन् २०२१ को मेलम्ची बाढीले एउटा
महत्वपूर्ण पाठ सिकायो । बाढीको जोखिमलाई नदीको पानी मात्र भनेर बुझ्नु पर्याप्त
छैन। पहिरो, भूक्षय, मलबे बहाव, प्राकृतिक बाँध
फुट्ने सम्भावना र अत्यधिक वर्षालाई एउटै समग्र जोखिमका रूपमा हेर्नुपर्छ।
घट्ना नं. १२
सन् २०२४ थामे हिमताल विस्फोट बस्ती बगायो, संरचना तहसनहस, तर जोगियो मानवीय
जीवन
सन् २०२४ अगस्ट १६ अर्थात् २०८१ साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा आएको विनाशकारी बाढी नेपालको हिमाली विपद् इतिहासमा अर्को गम्भीर घटना बन्यो।
माथिल्लो क्षेत्रमा रहेका हिमतालहरू
क्रमिक रूपमा फुटेपछि आएको हिमताल विस्फोटजन्य बाढी (GLOF) ले थामे बस्ती र
आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्यायो।
ICIMOD को अध्ययनअनुसार यो क्रमिक रूपमा दुई हिमताल फुटेर आएको बाढी माथिल्लो हिमतालमा आएको ठूलो चट्टानी पहिरोले पानी विस्थापन गराएपछि पहिलो हिमताल फुटेको र त्यसबाट आएको बहावले अर्को हिमतालको मोरेन बाँध भत्काएको थियो।
दुई हिमतालबाट गरी करिब ४ लाख ५९
हजार घनमिटर पानी बाहिरिएपछि बाढी अत्यधिक मलबे र ढुंगासहितको विनाशकारी बहावमा परिणत
भएको थियो।
बाढीले थामेमा २५ घर तथा अतिथि गृह, विद्यालय, स्वास्थ्य चौकी र महत्वपूर्ण पुल नष्ट गर्यो। जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुगेको थियो।
घटनाबाट करिब १३५ जना विस्थापित भएका थिए। बाढीको प्रभाव थामेबाट करिब ८०
किलोमिटरसम्म तल पुगेको अध्ययनले देखाएको छ।
यस घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष
भनेको ठूलो भौतिक क्षति भए पनि मानवीय मृत्यु नभएको हो। बाढी दिउँसोको समयमा आएको
र बहाव क्रमिक रूपमा विकसित भएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ जान
समय मिलेको थियो। यसले पूर्वसूचना, समुदायको सतर्कता र जोखिमयुक्त हिमाली बस्तीमा आपत्कालीन
तयारीको महत्व स्पष्ट पारेको छ।
घट्ना नं. १३
सन् २०२५ : भोटेकोशी क्षेत्रमा हिमाली
बाढी–पहिरो, नदीतटीय संरचनामा
ठूलो क्षति
सन् २०२५ जुलाई ८ अर्थात् २०८२ असार २४ गते रसुवाको नेपाल–चीन सीमावर्ती क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आएको अचानकको बाढी भोटेकोशी नदी हुँदै तल्लो क्षेत्रमा फैलियो।
नेपाल सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को प्रारम्भिक विवरणअनुसार चीनको तिब्बतस्थित पुरेपु हिमनदीमा रहेको सुप्राग्लेसियल हिमतालबाट अचानक पानी बाहिरिएपछि बाढी आएको थियो।
बाढीले रसुवागढी क्षेत्रको मितेरी पुल
(फ्रेन्डसिप ब्रिज) बगायो र नेपाल–चीनबीचको प्रत्यक्ष स्थल सम्पर्क अवरुद्ध भयो।
रसुवागढीस्थित सुख्खा बन्दरगाहमा रहेका कन्टेनर, मालवाहक तथा विद्युतीय सवारीसाधनसमेत बाढीको चपेटामा परे।
प्रारम्भिक विवरणमा २३ वटा कन्टेनर, ६ वटा मालवाहक सवारी र ३५ वटा विद्युतीय सवारी बगेको उल्लेख
छ।
बाढीले १११ मेगावाटको रसुवागढी
जलविद्युत् आयोजनाको बाँधस्थलमा ठूलो क्षति पुर्यायो र विद्युत् उत्पादन रोकियो।
त्यस्तै २० मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा मलबे पसेर उत्पादन अवरुद्ध भयो
भने ६० मेगावाटको अपर त्रिशूली ‘ए’ जलविद्युत् आयोजनाको
बाँध क्षेत्रमा पनि बाढी तथा पहिरोले क्षति पुर्याएको थियो।
घटनाको प्रारम्भिक सरकारी विवरणमा
कम्तीमा ९ जनाको मृत्यु र १९ जना बेपत्ता भएको उल्लेख थियो। त्यसबेला सुरक्षा
निकायले नदी किनारमा फसेका दर्जनौँ मानिसको उद्धार गरेको थियो।
घट्ना नं. १४
सन् २०२६ : लाङटाङ–ल्हेन्दे खोला/भोटेकोशी–त्रिशूलीमा विनाशकारी हिमाली
बाढी
सन् २०२६ अगस्ट २६ अर्थात् २०८३ भदौ १० गते लाङटाङ क्षेत्रबाट सुरु भएको हिमनदी तथा चट्टान–बरफ पतनपछि ल्हेन्दे खोलामा आएको आकस्मिक बाढीले नेपाल–चीन सीमावर्ती क्षेत्रदेखि भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा अभूतपूर्व क्षति पुर्यायो।
प्रारम्भिक वैज्ञानिक आकलनअनुसार लाङटाङ लिरुङ
क्षेत्रबाट ठूलो बरफ–चट्टानको पिण्ड खसेर ल्हेन्दे खोला थुनेपछि पानी तथा मलबेको ठूलो बहाव तलतर्फ
आएको थियो।
अचानक आएको बाढीले रसुवागढी–केरुङ नाका, पुल, सडक, बस्ती, जलविद्युत् आयोजना र
अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्यायो। भोटेकोशी हुँदै त्रिशूली
नदीसम्म पुगेको बाढीले नदीको सामान्य बहाव र भू–आकृतिसमेत परिवर्तन गरेको देखिएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको
विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम
न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मिति २०८३/०५/१५ ०८:00 बजे सार्वजनिक गरेको
पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार ४२४७ जना
सम्पर्कविहीन भएका छन् भने २६७ जना घाइते भएका छन् । अहिलेसम्म १०,४५१ जनाको उद्धार गरिएको
प्राधिकरणले जनाएको छ ।
यो घटना केवल सामान्य वर्षाजन्य बाढी थिएन। हिमनदीको ठूलो भागसँगै चट्टान खस्नु, खोलाको बहाव अवरुद्ध हुनु र त्यसपछि थुनिएको पानी तथा मलबे एकैपटक तलतर्फ विस्फोटक रूपमा बग्नुले यसलाई अत्यन्त शक्तिशाली हिमाली आकस्मिक बाढी बनायो। घटनाको वास्तविक जलस्रोत र सम्पूर्ण भौगर्भिक क्रमबारे वैज्ञानिक अध्ययन अझै जारी रहेको छ।
लेखक: जीवन शर्मा भू-गोल एवम् स्थानीय तहमा गहनबिषयमा कलम चलाउने खोजपत्रकार हुन् ।