सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

प्रतिनिधि सभा बैठक बस्दै

banner add
writter
बिहि, २९ साउन २०८२
(Shares)

काठमाडाैं । संघीय संसद अन्तर्गत् प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो बस्दैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ।

बुधबार उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्न खोज्दा सदनमा गणपूरक संख्या नपुगेर संसद् बैठक स्थगित भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर