सोम, ०७ वैशाख २०८३ / April 20, 2026, Monday
सोम, ०७ वैशाख २०८३
Advertisement
banner add

अन्तरराष्ट्रिय पर्वत दिवस—हाम्रा हिमालको सुरक्षा, हाम्रो अस्तित्वको रक्षा

banner add
writter
बिहि, २५ मंसिर २०८२
(Shares)

आज अन्तरराष्ट्रिय पर्वत दिवस। हिमाल र पर्वतीय भू–भागले भरिएको हाम्रो देशका लागि यो केवल प्रतीकात्मक दिवस होइन, अस्तित्वसँग जोडिएको संवेदनशील सम्झना हो। हिमाल हाम्रो पहिचान हो, हाम्रो साँस्कृतिक स्रोत हो, र अरबौँ मानिसले पिउने पानीको मूल आधार पनि यही हो। तर, विडम्बना—सबैभन्दा धेरै जोखिममा पनि यही क्षेत्र छ।

जलवायु परिवर्तनको कारण हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमतालहरू फुलिरहेका छन्, बगर डुबान, पहिरो र खाद्य सुरक्षामा परेको असर दिनानुदिन गम्भीर बन्दैछ। पर्वतीय समुदायको परम्परा, जीवन–शैली र आर्थिक अवस्था पनि यसैसँगै संकटमा छ। अन्तरराष्ट्रिय पर्वत दिवस ले हामीलाई केवल प्रकृतिको सुन्दरता सम्झाउने होइन, जिम्मेवारीको कठोर वास्तविकतासमेत देखाउने प्रयास गर्छ।

यो वर्ष, पर्वतीय क्षेत्रको संरक्षणलाई केवल पर्यावरणीय मुद्दाका रूपमा होइन, मानवीय सुरक्षा, आर्थिक स्थिरता र सांस्कृतिक अस्तित्व को रूपमा पनि हेर्नुपर्छ। नेपालले विश्वलाई हिमाल देखाएको देशका रूपमा, संरक्षणमा अग्रपंक्तिमा उभिनुपर्ने ऐतिहासिक जिम्मेवारी बोकेको छ। सस्तो विकासका नाममा प्राकृतिक स्रोतको दोहन, अव्यवस्थित पर्यटन, कन्क्रिटिकरण र दिगोपनामा अवहेलना—यी गल्तीहरूको मूल्य भविष्यले महँगो तिर्नेछ।

हामीले अब टालटुल र अभियानका दिनमै सीमित चहलपहल छाडेर दीर्घकालीन दृष्टिकोण अपनाउनैपर्छ।
पर्वतीय समुदायलाई सशक्त बनाउने नीति ,वैज्ञानिक रुपमा नियन्त्रित पर्यटन, हिमाल–हिमनदी संरक्षणमा लगानी, वातावरणीय शिक्षा–सचेतना, स्थानीय ज्ञान र विज्ञानको संयोजन यी अब विकल्प होइनन्, आवश्यकता हुन्।

आजको दिनले हामीलाई सम्झाउँछ—हिमाल बचाउन सकेनौँ भने, हामी आफ्नै भविष्य बचाउन सक्दैनौँ।
अन्तरराष्ट्रिय पर्वत दिवसका अवसरमा, हाम्रा हिमाल, हाम्रो प्रकृति र हाम्रो पहिचान जोगाउने प्रतिवद्धता केवल घोषणामा होइन, काममा देखिनुपर्छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर