पोखरा — गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति जनाएका छन्। विश्वविद्यालयभित्र देखिएका अनियमित खर्च, पारिवारिक नियुक्ति र सेवा–सुविधा वितरणका अनियमित विवरण सार्वजनिक भएपछि युवाहरूले कुलपति र रजिष्ट्रारसँग प्रत्यक्ष जवाफ मागेका हुन्।
Gen Z युवा अभियन्ता विजय पराजुली, निर्दोष विक्रम पौडेल, प्रकाश वास्तोला र दिफान भुजेल लगायतका युवाहरूले सञ्चारकर्मीहरू सामु रजिष्ट्रारलाई प्रश्न गर्दै विश्वविद्यालयको पारदर्शिता र जवाफदेहिताको माग गरेका थिए। उनीहरूले विश्वविद्यालयका पदाधिकारीहरू र तिनका परिवारजनहरूलाई लाभ हुने गरी विभिन्न तहमा पद र सुविधा बाँडिएको आरोप पनि लगाएका छन्।
विद्यार्थीहरूले मुख्यतया शिक्षक नियुक्ति, परीक्षा प्रणाली, छात्रवृत्ति वितरण, र बजेट खर्चसम्बन्धी पारदर्शिताको कमीको विरोध गरेका छन्। उनीहरूको भनाइ अनुसार, विश्वविद्यालयमा दीर्घकालीन अनियमितताले शैक्षिक गुणस्तर र युवा विश्वासमा असर पुर्याएको छ।
कुलपतिले प्रारम्भिक जवाफमा समस्या समाधानका लागि विशेष समितिहरू गठन गर्ने आश्वासन दिएका छन् भने रजिष्ट्रारले प्रक्रिया सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। विद्यार्थीहरूले अब वास्तविक कार्यान्वयनको निगरानी गर्ने बताएका छन्।
गण्डकी विश्वविद्यालयमा हाल अनियमितता र पारदर्शिताको अभावले समस्या सिर्जना गरेको भन्दै ‘Gen Z’ का विद्यार्थी र युवा सक्रिय भएका छन्। उनीहरूले विश्वविद्यालयको कुलपति र रजिष्ट्रारसँग भेट गरी स्पष्ट जवाफ र कारबाहीको माग गरेका छन्।
उनीहरूका अनुसार विश्वविद्यालयको नाममा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनदेखि लिएर नातागोता र निकट सम्बन्धका आधारमा पद, सुविधा र आर्थिक लाभ वितरण गरिएको छ। उक्त घटनाले प्रदेशकै शैक्षिक संस्था माथि प्रश्नचिह्न उठाएको भन्दै युवाहरूले अनुसन्धान र कारबाहीको माग गरेका छन्।